जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकामा स्थानीय तहको निर्वाचन नजिकिएपनि गठबन्धनको गोलमाल कायमै रहेकोे छ ।
जिरी नगरपालिकामा स्थानीय तह निर्वाचनका लागि १५ दिन मात्रै बाँकी रहेदा समेत गठबन्धनको गञ्जागोल उस्तै देखिएको हो । हाल गठबन्धन दल कुन दिशामा जाने भन्ने अलमलमा परेका छन् । सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको वडास्तरसम्मकै गोलमालले उम्मेदवारी दर्ता पछि केही दिन सत्ता गठबन्धनको निर्वाचन प्रचारप्रसारनै प्रभावित हुन पुगेको छ । दलहरुले गठबन्धनको निर्णय पालना नगरी आ–आफ्नो पार्टीको तर्फबाट आफुखुसीले र स्वतन्त्र उम्मेदवारी दर्ता गरेपछि गठबन्धनको अवस्था गञ्जागोलमा परिणत भएको छ ।
गठबन्धनको क्रममा जिरी नगरपालिकामा नेपाली काँग्रेसको भागमा नगरप्रमुख र नेकपा माओवादी केन्द्रको भागमा उपप्रमुख परेको थियो । तर, प्रमुख /उपप्रमुख दुवै पदमा गठबन्धनको उम्मेदवार उठाइएपनि गठबन्धन दलबाटै दुवै पदमा स्वतन्त्र उम्मेदवारी समेत परेको छ । गठबन्धनको तर्फबाट नेपाली कांग्रेस जिरीले नगरप्रमुखका लागि लाक्पा शेर्पाको उम्मेदवारी दर्ता गर्दा माओवादीबाट माओवादी जिरी नगरकमिटीका इन्चार्ज तेजबहादुर तामाङलाई उपप्रमुखको उम्मेदवार बनाइएको थियो । तर, गठबन्धन दलकै नेकपा माओवादी केन्द्र जिरी नगरकमिटीका अध्यक्ष गेल्बु शेर्पाले नगरप्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् भने उपप्रमुख पदमा पनि कांग्रेसका आङपासाङ शेर्पाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उपप्रमुखका लागि गठबन्धनकै जनता समाजवादी पार्टीबाट पनि कमल माया सुनुवारले उम्मेदवारी दर्ता गराएकी छन् ।
दलहरुले गठबन्धनको निर्णय पालना नगरी आ–आफ्नो पार्टीको तर्फबाट आफुखुसी र स्वतन्त्र उम्मेदवारी दर्ता गरेपछि गठबन्धनको अवस्था गञ्जागोलमा परिणत भएको छ । जिरी नगरपालिकामा स्थानीय तह निर्वाचनका लागि १५ दिन मात्रै बाँकी रहेदा समेत गठबन्धनको गञ्जागोल उस्तै देखिएको हो । जिरीमा गठबन्धनको नगरप्रमुख र प्रमुखमा मात्रै नभएर वडा तहमा पनि गठबन्धनको अवस्था उस्तै छ । वडा तहमा पनि गठबन्धन दलले ७ वटा वडामा आफुखुसी उम्मेदवारी दर्ता गराएका छन् ।
जिरीमा गठबन्धनको नगरप्रमुख र उपप्रमुखमा मात्रै नभएर वडा तहमा पनि गठबन्धनको अवस्था उस्तै छ । वडा तहमा पनि गठबन्धन दलले ७ वटा वडामा आफुखुसी उम्मेदवारी दर्ता गराएका छन् । जसअनुसार वडा नम्बर १ मा वडाध्यक्षका लागि काँग्रेसबाट आङपासाङ शेर्पा र माओवादी केन्द्रबाट साङ्गे शेर्पाले उम्मेदवारी दिएका छन् । वडा नम्बर २ मा नेपाली कांग्रेसबाट ङावा शेर्पा र माओवादी केन्द्रबाट ङिमापल्दे शेर्पा, वडा नम्बर ३ बाट नेपाली कांग्रेसबाट युवराज चापागाई, नेकपा माओवादी केन्द्रबाट खेटराज घिमिरे र एकीकृत समाजवादीबाट शैलेन्द्र कुमार खड्का, ५ मा काँग्रेसबाट नरबहादुर जिरेल, एकीकृत समाजवादीबाट नुर्पादावा शेर्पा, वडा नम्बर ७ मा नेकपा माओवादीबाट शान्त नेपाली, एकीकृत समाजवादीबाट मोहन कुमार खड्का र माओवादी जिरी नगरकमिटीका उपाध्यक्ष समेत रहेका नुर्बु शेर्पाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
यसरी पालिकाको प्रमुख पददेखि तल्लो तहसम्मै गठबन्धमा गोलमाल हुँदा समस्या भएको हो । तर, छलफलमा जारी रहेको र भोली सम्म निचोर्ड आउने गठबन्धन दलहरुले बताएका छन् । जिरीमा गठबन्धनको निर्णय वडा नम्बर ४ र ६ मा मात्रै कायम भएको छ । वडा नम्बर ४ मा एकिकृत समाजवादीबाट लाल बहादुर जिरेल र ६ मा एकीकृत समाजवादीकै मरिज बहादुर खड्काले उम्मेदवारी दिएका छन् ।
यसैगरी वडा नम्बर ८ मा नेपाली कांग्रेसबाट मान कुमार श्रेष्ठ, माओवादी केन्द्रबाट कृष्ण कुमार खत्री र एकीकृत समाजवादीबाट पोष बहादुर सुनुवारले छुट्टा–छुट्टै उम्मेदवारी दिएका छन् । वडा नम्बर ९ मा कांग्रेसबाट रामजी तामाङ, जनता समाजवादीबाट लाल बहादुर सुनुवार र अन्य २ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । यसरी पालिकाको प्रमुख पददेखि तल्लो तहसम्मै गठबन्धमा गोलमाल हुँदा समस्या भएको हो । तर, छलफल जारी रहेको र भोली सम्म निचोर्ड आउने गठबन्धन दलहरुले बताएका छन् ।
जिरीमा गठबन्धनको निर्णय वडा नम्बर ४ र ६ मा मात्रै कायम भएको छ । वडा नम्बर ४ मा एकिकृत समाजवादीबाट लाल बहादुर जिरेल र ६ मा एकीकृत समाजवादीकै मरिज बहादुर खड्काले उम्मेदवारी दिएका छन् । एमालेले भने नगरदेखि वडा सम्म एकल उम्मेदवारी दर्ता गरेको छ ।