images
images

दोलखामा मोटरसाइकल दुर्घटना हुँदा दुई सैनिक घाईते

  • १६ बैशाख २०८१, आईतवार ०६:४८

दोलखा । दोलखाको भीमेश्वर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई सैनिक घाईते भएका छन् ।

भीमेश्वर नगरपालिका–२ सिंहवनबाट सदरमुकाम चरिकोटतर्फ आउँदै गरेको प्रदेश नम्बर ३–०२–०१० प ९११७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गरुड दल गणमा कार्यरत दुई सैनिक घाइते भएका हुन् । घाइते हुनेमा धादिङको निलकण्ठ नगरपालिका–१२ घर भएका २२ वर्षीय सैनिक जवान राजेश श्रेष्ठ र अर्का सैनिक जवान२४ वर्षीय शान्ता नेपाली रहेको दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक जीवन श्रेष्ठले जानकारी दिनुभयो ।

जवान श्रेष्ठले चलाइरहको मोटरसाइकल हिजो अपरान्ह करिब साँढे ४ बजे दुर्घटनामा परेको थियो । दुर्घटनामा परि हातमा चोट लागेका सैनिक जवान राजेशको दोलखास्थित धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । अर्का घाइते सैनिक जवान नेपालीको टाउकोमा चोट लागेको र थप उपचारकालागि सैनिक अस्पताल छाउनी पठाइएको दोलखा प्रहरीले जनाएको छ ।