images
images

दुर्घटनामा गम्भीर घाईते महिलाको मृत्यु

  • १६ बैशाख २०८१, आईतवार १३:५२

रामेछाप । स्कुटर दुर्घटनामा परि गम्भीर घाईते भएकी रामेछापकी महिलाको मृत्यु भएको छ ।

दुर्घटनामा परि गम्भीर घाईते भएकी रामेछापको मन्थली नगरपालिका १ की ३५ वर्षीया सरस्वती माझीको उपचारका क्रममा मृत्यु भएको हो । गएराति दुर्घटनामा परि गम्भीर घाईते भएकी माझीको मन्थली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको रामेछाप प्रहरीले जनाएको छ । माझी सवार बा ७२ प ९१७२ नम्बरको स्कुटर गएराति मन्थलीबाट तिनलालपार्कतर्फ जाने क्रममा मन्थली नगरपालिका १ हाटेचौरस्थित सडकमा अनियन्त्रित भई दुर्घटना भएको थियो ।