images
images

चीनको नियमित भिसामा नेपालीलाई शुल्क नलाग्ने

  • १६ बैशाख २०८१, आईतवार १४:२२

काठमाडौँ । चीनले नेपाली नागरिकलाई निशुल्क भिसा प्रदान गर्ने भएको छ ।

नेपालस्थित चिनियाँ दुतावासले आज सूचना जारी गर्दै आगमी मे १ देखि नेपालीलाई निशुल्क भिसा प्रदान गर्ने जानकारी गराएको हो । दुई देशबीचको मित्रतालाई बढवा दिँदै सेवा सुविधा एवम काम गर्ने कामदारहरुको आदनप्रदानलाई थप सहज बनाउन आगमी मे १ देखि नेपाली नारिकसँग नियमिततर्फको भिसा शुल्क नलिने सूचनामा उल्लेख छ । यद्धपी भिसा शुल्क नलागेपनि एक्स्प्रेस शुल्क र सेवाशुल्क भने लाग्नेछ ।

मे १ अगाडी नै स्वीकृत भिसा आवेदनहरुको हकमा भने अघिल्लो मानकअनुसार शुल्क लाग्ने दुतावासले जनाएको छ । नेपाल आउने चिनीया नागरिकका लागि भने नेपाल आउन पहिलेदेखि नै भिसा शुल्क नलाग्ने व्यवस्था रहेको थियो ।