काठमाडौँ । काठमाडौँमा आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा खिम्ती – ठोसे – शिवालय जलाशययुक्त आयोजना सहित १२ आयोजनामा आशयपत्र माग गरिएको छ ।
लगानी सम्मेलनको पहिलो दिन एक दर्जन आयोजनामा वैदेशिक लगानीको आशयपत्र माग गरिँदा खिम्ती ठोसे शिवालय जलाशययुक्त आयोजना नवौँ नम्वरमा परेको हो । १२ सय १६ मेगावटको यो आयोजना रामेछाप र दोलखा जिल्लाको सिमाना भएर बग्ने खिम्ती खोलामा बाँध बनाएर निर्माण गर्ने तयारी रहेको छ । विद्युत विकास विभागले सम्भाव्यता अध्ययन गरिरहेको आयोजना निर्माणका लागि २ खर्व ८९ अर्ब ७७ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
यसैगरी लगानी सम्मेलनमा आशयपत्र माग गरिएको आयोजनामध्य काभ्रेपलाञ्चोकको धुलिखेल मेडिसिटि आयोजना पनि परेको छ । धुलिखेल नगरपालिकामा धुलिखेल मेडिसिटि परियोजनालाई विशिष्टकृत अस्पतालको रुपमा परियोजना तयार गरिएको छ । आशयपत्र माग गरिएका आयोजनामध्य चौथो नम्वरमा परेको सो आयोजनाको करिव ११ अर्ब लागत अनुमान गरिएको छ ।
विद्युत विकास विभागले सम्भाव्यता अध्ययन गरिरहेको खिम्ती – ठोसे – शिवालय जलाशययुक्त आयोजना निर्माणका लागि २ खर्व ८९ अर्ब ७७ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । लगानी सम्मेलनमा आशयपत्र माग गरिएको आयोजनामध्य काभ्रेपलाञ्चोकको धुलिखेल मेडिसिटि आयोजना पनि परेको छ । लगानी बोर्डले प्रदर्शनी केन्द्र, जलविद्युत परियोजना, एक्सप्रेस वे, पार्क, हस्पिटल लगाएतका आयोजनामा आशयपत्र माग गरेको हो ।
लगानी बोर्डले आशयपत्र माग गरेका १२ मध्य पहिलो नम्वरमा पोखरा सम्मेलन केन्द्रलाई राखिएको छ भने दोस्रोमा चन्द्रागिरी–चित्लाङ–पालुङ–चितवन एक्सप्रेस वे बनाउने प्रस्ताव गरिएको छ । यसैगरी तेस्रोमा सिताको जन्मस्थान जनकपुरमा जानकी हेरिटेज होटल एण्ड कल्चर भिलेज आयोजना, पाँचौँ नम्वरमा सुदुरपश्चिम सार्वजानिक यातायात आयोजना, ६ नम्वरमा बबरमहल प्रशासनिक प्लाजा, ७ नम्वरमा २ सय ८१ मेगावटको नौमुरे बहुउद्देश्यीय आयोजना र आठौँ नम्वरमा ६ सय ५० मेगावटको कालिगण्डकी २ जलाशययुक्त आयोजना रहेको छ । यसैगरी, १० औँ नम्वरमा ३ सय ३७ मेगावटको भारब्रुङ जलाशययुक्त आयोजना, ११ औँ नम्वरमा दैजी औद्योगिक पार्क र १२ औँ नम्वरमा गौतमवुद्ध मेटर्निटी हस्पिटल आयोजना रहेको लगानी बोर्डले जनाएको छ ।
लगानी बोर्डले प्रदर्शनी केन्द्र, जलविद्युत परियोजना, एक्सप्रेस वे, पार्क, हस्पिटल लगाएतका आयोजनामा आशयपत्र माग गरेको हो । ती आयोजनाका लागि जुन २ तारिखसम्म आशयपत्र पेश गर्न सकिने लगानी बोर्डले जनाएको छ ।











