images
images

पहिलो पटक राजावादीहरु एकै ठाउँमा, राजेन्द्र र कमलदेखि सुवेदीसम्म विरोधसभामा

काठमाडौं । पहिलो पटक राजावादीहरु एकै ठाउँमा भेला भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल)ले राजावादी नेताहरुलाई एक ठाउँ भेला गराएको हो ।

आज रत्नपार्कमा आयोजित विरोध सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनदेखि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुबेदीसम्म उपस्थित भएका छन् । विभिन्न दल र समूहमा विभाजित राजावादी नेताहरु आज पहिलोपटक एकै ठाउँमा देखा परेका हुन् । राप्रपा नेपालको कार्यक्रममा राप्रपाको उपस्थिति पनि पहिलोपटक हो । आजको कार्यक्रममा राप्रपाका महामन्त्री डा. धवलशम्शेर राणा पनि उपस्थित भएका छन् ।

हिरासतबाट छुटेर भारतमा उपचार गराएर फर्केलगत्तै उनी आन्दोलनमा सहभागी हुन पुगेका हुन् । राप्रपाका सांसद दीपक सिंह लगायत थुप्रै नेताहरु राप्रपा नेपालको कार्यक्रममा देखिएका छन् ।