भक्तपुर । १८ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र लालीबजारमाथि अदालतले अंकुश लगाएको छ ।
वादी समुदायको विरोधपछि चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतले आदेश जारी गरेको हो । उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यही २२ वैशाखसम्म प्रदर्शन रोक्न आदेश दिएको सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिए । चलचित्रका केही शब्दहरूमा आपत्ति जनाउँदै वादी समुदायको तर्फबाट रोशनी नेपालीले मुद्दा दायर गरेकी थिइन् ।
यम थापा निर्देशित फिल्म ‘लालीबजार’ वादी समुदायका महिलाले गर्ने संघर्षको कथावस्तुमा आधारित छ। फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, विशाल देवकोटा र प्रसंशा सुवेदीको अभिनय छ । षट्कोण आर्टसले निर्माण गरेको फिल्मलाई सोमबार मात्रै केन्द्रीय चलचित्र जाँच समितिले युनिभर्सल प्रमाणपत्र दिइसकेको छ ।



हाम्रो अपडेट 






