दोलखा । स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिएका दोलखाका ४ सय २ जनाको जमानत जफत भएको छ ।
पालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्य, महिला सदस्य र दलित महिला सदस्यका लागि उम्मेदवारी दिएका उनीहरुको जमानत जफत भएको हो । कुल सदर मतको १० प्रतिशत भन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने ऐनमा व्यवस्था छ । सोही अनुसार सवैभन्दा बढी भीमेश्वर नगरपालिकामा ५९ जनाको जमानत जफत भएको छ जिरी नगरपालिकाका २१ जनाको जमानत जफत भएको हो । मेलुङ र शैलुङ गाउँपालिकाका ५६/५६ जना, गौरीशंकरका ५० जना, तामाकोशीका ४७, विगुका ४३, वैतेश्वरका ४२ र कालिञ्चोकका २८ जनाको जमानत जफत भएको हो ।
स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिएका दोलखाका ४ सय २ जनाको जमानत जफत भएको छ । कुल सदर मतको १० प्रतिशत भन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने ऐनमा व्यवस्था छ । कार्यालयका अनुसार जमानत जफतबाट ३ लाख ४ हजार ६ सय रुपैँया रकम संकलन भएको छ । जमानत जफत भएकाहरुको रकम निर्वाचन आयोग मार्फत सरकारी कोषमा जम्मा हुनेछ ।
जिल्लाका ९ वटा स्थानीय तहको प्रमुख तथा अध्यक्षको लागि उम्मेदवारी दिएका ५३ जना, १७ जना उपाध्यक्ष तथा उपप्रमुख, १ सय ६५ जना वडाध्यक्ष, ९८ जना सदस्य, ४२ जना महिला सदस्य र २७ जना दलित महिला सदस्यको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ । कार्यालयका अनुसार जमानत जफतबाट ३ लाख ४ हजार ६ सय रुपैँया रकम संकलन भएको छ । स्थानीय तह निर्वाचनका लागि अध्यक्ष, उपाध्यक्ष, प्रमुख तथा उपप्रमुखका लागि १५ सय रुपैँया धरौटी तोकिएको थियो । वडाध्यक्षका लागि १ हजार र वडासदस्यका लागि ५ सय रुपैँया धरौटी राख्नुपर्ने व्यवस्था थियो ।
जमानत जफत भएकाहरुको रकम निर्वाचन आयोग मार्फत सरकारी कोषमा जम्मा हुनेछ । ऐनमा उल्लेख गरिए अनुसार धरौटी जफत हुने अवस्थामा बाहेक अन्य उम्मेदवार र मनोनयनपत्र स्विकृत नभएको वा नाम फिर्ता लिएका व्यक्तिले राखेको धरौटी निर्वाचन परिणाम घोषणा भएको मितिले ९० दिनभित्र फिर्ता लिनुपर्नेछ । तोकिएको समयभित्र फिर्ता नलिएमा धरौटी रकम सञ्चित कोषमा दाखिला हुने कानुनी व्यवस्था छ ।











