images
images

जिरी र बैतेश्वरमा पटक–पटक विद्युत अवरुद्ध, प्राधिकरणको सेवाबाट सेवाग्राही आजित

  • १४ जेष्ठ २०७९, शनिबार १४:४५

जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिका र बैतेश्वर गाउँपालिकामा पटक–पटक विद्युत अवरुद्ध हुँदा सेवाग्राही आजित भएका छन् ।

जिरी र बैतेश्वरमा पटक–पटक विद्युत आउने जाने हुँदा यि क्षेत्रका सेवाग्राही आजित भएका हुन् । पछिल्लो समय दोलखामा सधै जसो विद्युत आउने जाने गरेको छ । विशेष गरी जिरी नगरपालिका र बैतेश्वर गाउँपालिकामा भने लामो समयसम्म विद्युत अवरुद्ध हुने गरेको छ । यसरी लामोसमयसम्म विद्युत अवरुद्ध हुँदा यि क्षेत्रका मानिसहरुको जनजिवन प्रभावित बनेको छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रको वर्षौदेखिको यो समस्या भएपनि अझै समाधान हुन सकेको छैन् । आज पनि जिरी नगरपालिका र बैतेश्वर गाउँपालिकामा लामो समयदेखि विद्युत अवरुद्ध भएको थियो ।

आज विहान करिब १० बजेदेखि अवरुद्ध भएको विद्युत भखरै सुचारु भएको छ । मकैबारी ३३ /११ केभि सबस्टेसनको पावर ट्रान्सर्फमर मर्मत गर्नका लागि बैतेश्वर र जिरी नगरपालिकाको लाईन अवरुद्ध गरेको नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रले जनाएको छ । दोलखाको अन्य पालिकाहरुमा विद्युत प्रवाह भएपनि जिरी र बैतेश्वरमा भने आज दिनभरनै विद्युत प्रवाह ठप्प थियो । विद्युत आपुर्ति ठप्प हुँदा यि क्षेत्रमा सञ्चालित छापा तथा विद्युतीय सञ्चारमाध्यमको प्रशारण समेत वन्द हुन पुगेको थियो । प्रतिकुल मौसमको कारण पनि दोलखामा पटक–पटक विद्युत अवरुद्ध हुने गरेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दोलखाले जनाएको छ ।