images
images

आमाबुबा गुमाएका बालबालिका आफन्तको शरणमा, पालनपोषण र शिक्षा दिन मुस्किल

दोलखा । आमाबुबाको मृत्यु पछि अभिभावक विहिन बन्न पुगेका दोलखाका केही बालबालिकाहरुको पालन पोषण र शिक्षामा समस्या देखिएको छ ।

आमा र बुबा दुवैको मृत्यु भएपछि आफन्तको शरणमा रहेका कतिपय बालबालिकाहरुको व्यवस्थापनमा समस्या देखिएको हो । दोलखाको कालिञ्चोक गाउँपालिका ६ लापिलाङका च्याङ्या शेर्पा र उनकी श्रीमती लक्की शेर्पाको मृत्युपछि नाबालक दुई छोरीहरु अहिले आफन्तको शरणमा रहेका छन् । ६ वर्षिया लोप्साङ्बु शेर्पा मामाघरमा र ४ वर्षिया दावासाङ्वु शेर्पा फुपुको घरमा बस्दै आएका छन् । यी दुई नावालिकालाई आफन्तले संरक्षण गरेपनि उनीहरुको उज्ज्वल भविष्य कसरी निर्माण गर्ने भन्ने चिन्ता छ । यी नाबालिकाकी आमा लक्की शेर्पाको २०७५ साल पुस १६ गते शंकास्पद मृत्यु भएको थियो । झुण्डिएको अवस्थामा मृत फेला परेकी लक्कीको श्रीमानबाटै हत्या भएको माइती पक्षको किटानी जाहेरीपछि च्याङ्या शेर्पा पक्राउ परेका थिए । तर पुर्पक्षका लागि चरिकोट कारागारमा रहेका च्याङ्याले कारागारभित्रै आत्महत्या गरेपछि दुई नाबालिका अभिभावक विहिन बन्न पुगेका हुन् ।

कोरोनाका कारण ज्यान गुमाएका गौरीशंकर गाउँपालिका वडा नम्बर १ जुँगुका शान्त जिरेलका चार छोराछोरीको पालनपोषणमा समस्या भएको छ । शान्ताकी श्रीमती पार्वती जिरेलको प्रसव पिडाका कारण २०७० सालमा मृत्यु भइसकेको थियो । श्रीमति गुमाएको पिडा गुजार्दै छोराछोरीको शिक्षादिक्षाका लागि राजधानीमा मजदुरी गर्दै आएका शान्तको पनि कोभिडबाट मृत्यु भएपछि ४ जना बालबालिका एक्लो भए । जिरेलका दुई छोरा सुदिप १८ वर्ष, सुवास १० वर्ष र छोरीहरु सम्झना २२ वर्ष र भावना ८ वर्षका छन् । प्रदेशको समाजिक विकास मन्त्रालयबाट पनि सुदिप र भावनालाई मात्रै मासिक २ हजार संरक्षण भत्ता उपलब्ध हुने जिरेल बताउनुहुन्छ ।

आमाबुबाको मृत्यु पछि अभिभावक विहिन बन्न पुगेको दोलखाका केही बालबालिकाहरुको पालन पोषण र शिक्षामा समस्या देखिएको छ । आमा र बुबा दुवैको मृत्यु भएपछि आफन्तको शरणमा रहेका कतिपय बालबालिकाहरुको व्यवस्थापनमा समस्या देखिएको हो । दोलखाको कालिञ्चोक गाउँपालिका ६ लापिलाङका च्याङ्या शेर्पा र उनकी श्रीमती लक्की शेर्पाको मृत्युपछि नाबालक दुई छोरी अहिले आफन्तको शरणमा रहेका छन् ।

आमाको पहिले नैं निधन भएको र बुबा शान्तको पनि २०७७ सालमा कोरोनाका कारण मृत्यु भएपछि अभिभावक विहिन बन्न पुगेका चार वालवालिका पनि अहिले काकाको संरक्षणमा छन् । मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका काका पुस्कर जिरेलको परिवारमा थप ४ जना बालबालिका थपिएपछि समस्या भएको छ । दुई छाक टार्न समेत मुस्किल हुने परिवारमा थप ४ जना वालवालिकाको जिम्मेवारी थपिदाँ आर्थिक तनाव धेरै भएको जिरेलले गुनासो गरेका छन् ।

श्रीमतिको प्रसव पिडाका कारण निधन भएपछि मजदुरी गरेर राजधानीमा चार बालवालिकाको पालनपोषण गर्दै आएका जिरेलको पनि कोरोनाका कारण निधन भएपछि जिरेलका दुई छोरा र दुई छोरी बिचल्लीमा परेका हुन् । ती बालवालिकालाई बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय मार्फत गाउँपालिकाबाट उपलब्ध हुने रकम बाहेक अरु कुनै सहयोग प्राप्त नभएको जिरेलको भनाई छ । प्रदेश सरकारबाट मासिक प्रति बालबालिका २ हजारका दरले पाउने भत्ता बाहेक अन्य निकायबाट सहयोग प्राप्त नभएको उनले बताए ।

गौरीशंकर गाउँपालिका वडा नम्बर १ जुँगुकै आरया खड्का पनि सानै उमेरमा अभिभावक विहिन भइन् । दम रोगका कारण १ वर्षको अवधिमा आमा बुबा गुमाएकी आरया अहिले आफन्तको बस्दै आएकी छिन् । आरयाले १ वर्षको कलिलो उमेरमै आमा बुबा गुमाएकी हुन् । सानो बुबा राधेश कार्कीको घरमा बस्दै आएकी आरया अहिले कक्षा ८ मा पढ्दै छिन् । उनलाई बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय बाट उपलब्ध हुने २ हजार संरक्षण भत्ता बाहेक कुनै सहयोग उपलब्ध नभएको संरक्षक राधेश कार्कीले बताउनुभयो ।

दोलखाका आमाबुबा विहिन भएका थुपै यस्ता घटना छन् । जसअनुसार सबैभन्दा बढी मेलुङ गाउँपालिकामा ३५ जना बालबालिका अभिभावक बिहिन छन् भने सबैभन्दा कम बैतेश्वर गाउँपालिकामा ४ जना रहेका छन् । यस्तै भिमेश्वर नगरपालिकामा २५, गौरीशंकरमा २४, तामाकोशी गाउँपालिकामा २०, शैलुङमा १०, र जिरी नगरपालिकामा ८ जना अभिभावक विहिन बालबालिका रहेका छन् । चालु आर्थिक वर्ष जिल्लाका ९ स्थानिय तहका १ सय २६ जना बालबालिकाले संरक्षण भत्ता पाएका छन् ।

यी त प्रतिनिधिमुलुक घटना मात्रै हुन् । दोलखाका थुपै यस्ता घटना छन् । जसअनुसार सबैभन्दा बढी मेलुङ गाउँपालिकामा ३५ जना बालबालिका अभिभावक बिहिन छन् भने सबैभन्दा कम बैतेश्वर गाउँपालिकामा ४ जना रहेका छन् । यस्तै भिमेश्वर नगरपालिकामा २५, गौरीशंकरमा २४, तामाकोशी गाउँपालिकामा २०, शैलुङमा १०, र जिरी नगरपालिकामा ८ जना अभिभावक विहिन बालबालिका रहेका छन् ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले बुबाआमा दुवै नभएका अभिभावक विहिन बालबालिकालाई मासिक २ हजारका दरले भत्ता दिने निर्णय गरेको छ । कतिपय स्थानिय तहलाई भने अभिभावक विहिन बालबालिका पहिचान गर्ने मुस्किल भएको छ । बालबालिकाको पहिचानकै समस्याका कारण विगु गाउँपालिकाले चालु वर्ष लक्षित बालबालिकालाई भत्ता वितरण गर्न सकेको छैन । गाउँपालिकामा ४० जना अभिभावक विहिन बालबालिकाको आवेदन परेकोमा हालसम्म कसैले पनि भत्ता पाएका छैनन । कर्मचारी अभावका कारण तथ्याकं संकलन गर्न ढिलाई भएकाले उनीहरुलाई भत्ता वितरण गर्न ढिलाई भएको गाउँपालिकाले जनाएको छ ।

चालु आर्थिक वर्ष जिल्लाका ९ स्थानिय तहका १ सय २६ जना बालबालिकाले संरक्षण भत्ता पाएका छन् । जिल्लाका १ सय २६ जना बालबालिकाले बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले सञ्चालन गरेको आमाबुबा विहिन बालबालिका संरक्षण कार्यक्रम अन्तर्गत भत्ता बुझेका हुन् ।

(आमाबुबा दुवैको मृत्युपछि अभिभावक विहिन बनेका बालबालिकाको उद्धार र सहयोगका लागि हामीले यो समाचार तयार पारेका हौं । तर समाचारको विषयलाई  अभिभावक विहिन नाबालिका लोप्साङ्वु र दावासाङ्वु शेर्पाका मामाहरुबाट दवाव र गुनासो आएपछि हामीले दुवै बालिकाको तस्विरलाई हटाएका छौं । अभिभावक विहिन दुई बालिकाको पालन पोषण र शिक्षामा कमि नआउने र आगामी दिनमा हामीले यही विषयलाई समाचारको विषयवस्तु बनाउन नपरोस् भन्ने ठानेका छौं ।

समाचारको विषयलाई हाम्रा संवाददाता प्रति गरिएको र्दुव्यवहार र धम्कीप्रति खेद व्यक्त गर्दछौं –सम्पादक)