images
images

बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

  • १४ जेष्ठ २०८०, आईतवार १२:३३

हेटौडाँ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ ।

मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पारित गरेको हो । आज दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । प्रदेश मन्त्रिपरिषद्को बैठकबाट पारित भएको बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम संसदमा पेश हुन लागेको हो ।

सभामुख भुवनकुमार पाठकले आज प्रदेश सभा सदस्यहरुलाई औपचारिक पोसाकमा उपस्थित हुन आग्रह गर्नुभएको छ ।