images
images

रामेछापको ओख्रेनीमा तीन वर्षीया नाबालिका बलात्कारको आरोपमा बालक पक्राउ

  • १४ जेष्ठ २०८०, आईतवार १४:०२

रामेछाप । रामेछापमा नाबालिकालाई बलात्कार गरेको आरोपमा एक बालक पक्राउ परेका छन् ।

जिल्लाको रामेछाप नगरपालिका ६ ओख्रेनीमा ३ वर्षीया नाबालिका बलात्कार गरेको आरोपमा सोही नगरपालिका ५ रामपुरका १४ वर्षीय बालक पक्राउ परेका हुन् । उनको नाम भने खुलाइएको छैन् । ती बालकले मामा घर ओख्रेनी गएको बेला नाबालिकालाई बलात्कार गरेको पाइएको रामेछाप प्रहरीले जनाएको छ ।

हिजो पिडित परिवारले बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीकोमा उजुरी दिएका थिए । पक्राउ परेका बालकमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।