images
images

देशभर ८ लाख ४१ हजार बेरोजगार सूचीकृत

  • १४ जेष्ठ २०८०, आईतवार १६:२७

काठमाडौँ । मुलुकका ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ३५ स्थानीय तहले बेरोजगारहरूको सूचीकृत गरेका छन् ।

आर्थिक सर्वेक्षणमा उल्लेख भएअनुसार ती स्थानीय तहले आफ्ना पालिकामा बस्ने ८ लाख ४१ हजार बेरोजगार व्यक्ती सूचीकृत गरेका हुन् । जसमध्ये ४१ हजार २ सय ९१ जना रोजगारीका लागि छनौट भएका थिए भने १४ हजार ८४ जनाले रोजगारी पाएका छन् । यस्तै, आर्थिक वर्ष २०७८÷७९ मा ७ लाख ८ हजार बेरोजगारमध्ये १ लाख ६३ हजार जनाले रोजगारी पाएका थिए ।

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई व्यवस्थित रुपमा सञ्चालन तथा व्यवस्थापन गरी सूचीकृत बेरोजगारलाई रोजगारीका अवसर उपलब्ध गराउन रोजगार संयोजक ६ सय ८६, प्राविधिक सहायक ६ सय ७५ र रोजगार सहायक ५ सय ७ गरी १८ सय ६८ जना कार्यरत छन् ।