images
images

आज मुलूकभर गणतन्त्र दिवस मनाइदैँ

  • १५ जेष्ठ २०८१, मंगलवार ०६:२३

काठमाडौं । सरकारले आज १७ औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मुुलुकभर मनाउँदैछ ।

काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा गणतन्त्र मूल समारोह समितिले विशेष आयोजना गर्ने भएको हो । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को सशस्त्र युद्ध र सात संसद्धीय राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको जगमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन सत्तालाई जनतालाई फिर्ता गर्दै २०६३ वैशाख ११ गते तत्कालीन संसद पुनःस्थापना गरेका थिए । सरकारबाट भएको संविधानसभाको निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ साल जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्रको दिवसको रुपमा मनाउने गरिएको हो ।

यो वर्ष आजदेखि तीन दिनसम्म नेपालभित्र र विदेशभित्र नेपाली राजदूतजास नियोगहरुमा दीपावली लगायत कार्यक्रमहरु गर्ने निर्णय गरिएको छ । सरकारले गणतन्त्र दिवस २०८१ लाई भव्यरुपमा मनाउन गणतन्त्र दिवस मूल समारोह समिति गठन गरेको छ । देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाईदै आएको छ । दिवसको अवसरमा सरकारले सार्वजनिक विदा समेत दिएको छ भने सैैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना हुँदैछ ।