नवलपुर । पूर्वपश्चिम लाकमार्गको सडक भासिँदा ८ यात्रु घाईते भएका छन् ।
नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी बर्दघाट–सुस्तापूर्वमा सडक भासिँदा ८ यात्रु घाईते भएका हुन् । भासिएको सडकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८५१३ नम्बरको यात्रुबाह बसमा एक्कासी बे्रक लगाउँदा ८ यात्रु घाईते भएका छन् । ब्रेक लगाउँदा बस हुत्तिएर अर्को बसमा ठोक्किँदा यात्रु घाईते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सडक एकतर्फी भए पनि खुलाउने प्रयास भइरहेको छ ।










