images
images

ललितपुरको सानेपामा मोटरसाईकल दुर्घटना, मन्थलीका युवकको मृत्यु

  • १५ जेष्ठ २०८१, मंगलवार १४:३४

ललितपुर । ललितपुरमा मोटरसाईकल दुर्घटना हुँदा रामेछापको मन्थलीका युवकको मृत्यु भएको छ भने अर्का युवक घाईते भएका छन् ।

ललितपुरको सानेपामा आज बिहान भएको मोटरसाईकल दुर्घटनामा परि रामेछापको मन्थली नगरपालिका ६ घर भएका २४ वर्षीय विजय घिसिङको मृत्यु भएको हो । घिसिङ सवार बा ७४ प ९२२१ नम्वरको मोटरसाईकल आज बिहान स्टार अस्पताल अगाडी आँफै अनियन्त्रित भई दुर्घटना भएको ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

दुर्घटनामा परि मोटरसाईकलमा सवार ३७ वर्षीय सञ्जय कुमार घिसिङ गम्भिर घाईते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भईरहेको छ । मोटरसाईकलमा सवार दुवै जनालाई घटनालगत्तै उपचारका लागि स्टार अस्पताल लगिएकोमा विजयको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।