images
images

अमेरिकाको टेक्सासमा लरीभित्र ४० जना आप्रवासी मृत फेला

  • १४ असार २०७९, मंगलवार ०८:३६

काठमाडौं । अमेरिकाको टेक्सासमा लरीभित्र ४० जना आप्रवासी मृत फेला परेका छन् ।

लरी भित्र फेला परेका १५ जनालाई विभिन्न अस्पतालमा लगिएको छ । टेक्सासको सान एन्टोनियो भन्ने स्थानको दक्षिण पश्चिम क्षेत्रको रेलको लिक फेला परेको लरीभित्र शव भेटिएको बीबीसीले जनाएको छ । उनीहरु कुन देशका नागरिक हुन् र उनीहरुको मृत्यु कसरी भयो भन्ने एकीन भएको छैन ।