images
images

सरकारमा रहेका सबै मन्त्रीलाई फिर्ता बोलाउने जसपाको निर्णय

  • १४ असार २०७९, मंगलवार ०८:४५

काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालले सरकारमा रहेका सबै मन्त्रीलाई फिर्ता बोलाउने भएको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समिति बैठकले सरकारमा रहेका चार वटै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । उपेन्द्र पक्षीय कार्यकारिणी सदस्यहरुको बैठकले नयाँ मन्त्री पठाउने अधिकार उपेन्द्रलाई दिने निर्णय गरेको हो । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका यादवले नेकपा एसले मन्त्रीहरु फिर्ता बोलाएर नयाँलाई शपथ ग्रहण गराएपछि आफ्नो पार्टीमा पनि मन्त्रीहरु फेरबदलको लागि सहयोग गर्न आग्रह गनुभएको थियो ।

यसैबिच, जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष यादव पक्षले संघीय परिषद् अध्यक्ष बाबुराम भट्राईसहितका नेतालाई कारबाही गर्ने भएको छ । यादव पक्षीय कार्यकारिणी समिती बैठकले भट्राई र महेन्द्र यादवमाथि कारबाही गर्ने अधिकार अध्यक्ष यादवलाई दिएको हो । लामो समयदेखि जसपामा यादव र भट्राई पक्षीबिच विवाद चलिरहेको छ । यादवले पार्टीमा एकलौटी गरेको भन्दै भट्राई पक्षले उनको अधिकार खोस्ने प्रयास गरिरहेकको छ ।