images
images

बामदेव गौतमले नयाँ राजनीतिक दल खोल्ने

  • १४ असार २०७९, मंगलवार १०:५८

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय अभियानमा संयोजक वामदेव गौतमले नयाँ राजनितिक दल खोल्ने भएका छन् ।

नयाँ पार्टी घोषणा गर्न गौतमले आज पत्रकार सम्मेलनको आयोजना गनुभएको हो । गौतमले आज दिउँसो ३ बजे रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरेर नयाँ राजनितिक दलको घोषणा गर्ने एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिनुभयो । नयाँ पार्टीमा ७० जना केन्द्रिय सदस्य रहेछन् ।

राष्ट्रिय सभाका सांसद समेत रहेका गौतमले वामपन्थी दलहरुको एकै स्थानमा ल्याउन अभियान सञ्चालन गर्दै आउनुभएको थियो । नेता गौतमले आफुहरुको सबै कम्युनिष्ट पार्टीलाई एकीकृत गर्ने अभियान भएको बताउनुभएको छ । पार्टीको संयोजक गौतम नै रहनेछन् भने सचिवमा डिबी कार्की रहनेछन् । यस्तो प्रचार विभागमा नीमकान्त पाण्डे रहनेछन् ।