images
images

वामदेव गौतमद्धारा नयाँ पार्टी घोषणा, ७५ जना केन्द्रीय सदस्‍य

  • १४ असार २०७९, मंगलवार १५:३२

काठमाडौंँ । एमालेका पुर्व नेता वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्नुभएको छ ।

गौतमले आज रिपोर्टस क्लवमा पत्रकार सम्मेलन गरेर नेकपा एकता राष्ट्रिय अभियान राजनीतिक दलको घोषणा गर्नुभएको हो । गौतम पार्टीको संयोजक बस्नुभएको छ भने ७५ सदस्यीय केन्द्रीय सदस्य रहेका छन् । त्यमध्ये यो पार्टी समन्वय समितिको रुपमा रहँदासम्म केन्द्रीय सचीवालयमा ८ सदस्यहरु रहनेछन् । पार्टीको संयोजकमा गौतम, सचिवमा डीबी बस्नेत र सदस्यहरुमा ओमशर्मा चालिसे, डिल्लीराज भट्राई, दुर्गा भण्डारी, निकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल रहेका छन् । पार्टीको संयोजक र सचिव बाहेक सबै जना सदस्यको रुपमा रहने छन् । सो दलमा वामदेवका छोरा हरिसदेव र पत्नी तुल्सा थापा पनि केन्द्रीय समिति सदस्यको रुपमा रहेका छन् । नेकपा विभाजन भएपछि छुट्टा छुट्टै अभियानमा रहेका गौतमले आफु पक्षधरको भेला गर्दै आउनुभएको थियो । नेकपालाई पुनर्जीवित गर्ने प्रयासमा रहेका गौतमले एकीकरण हुने अवस्था नबनेपछि नयाँ दल गठन गर्नुभएको हो ।

यसैबीच, बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान पार्टी बहुपदीय हुने भएको छ । पार्टी घोषणा कार्यक्रममा संयोजक गौतमले पार्टी बहुपदीय पद्धतिमा जाने बताउनुभयो । घोषणा अनुसार एक अध्यक्ष, प्रत्येक प्रदेशमा इन्चार्ज बन्ने गरी ७ जना उपाध्यक्ष र एक जना महासचिव हुनेछन् । यस्तै, एक जना उपमहासचिव, एक उपमहासचिव र एक जना सचिवको व्यवस्था रहनेछन् । गौतमका अनुसार दैनिक कार्यसञ्चालनका लागि १५ सदस्यीय स्थायी कमिटि हुनेछ । पार्टी घोषणासभामा पदाधिकारीको भने घोषणा गरिएको छैन । गौतम संयोजक रहेको सचिवालय निर्माण गर्ने र त्यसले अरु दलहरुसँग वार्ताका लागि समन्वय गर्ने पार्टीले जनाएको छ ।