images
images

दोलखाका एक सहित ९ जना डेंगु संक्रमित फेला

  • १२ श्रावण २०७९, बिहीबार ०८:४२

काभ्रेपलाञ्चोक । दोलखाका एक सहित काभ्रेपलाञ्चोकमा ९ जना डेंगु संक्रमित फेला परेका छन् ।

करिब एक महिना अघि पाँचखाल नगरपालिकामा देखिएको डेंगुको संक्रमण हाल दोलखाका १ सहित ९ जनामा पुष्टि भएको हो । संक्रमित ९ जनामध्ये काभ्रेपलाञ्चोकको धुलिखेलका ३, पनौतीका २ र बनेपाका एक जना रहेका छन् । यस्तै दोलखाका एक जना र सिन्धुपाल्चोकका दुई जना रहेका छन् । उनीहरुमा मलेरिया परीक्षण गर्दा डेंगु रोगको संक्रमण भेटिएको थियो । काभ्रेपलाञ्चोकको पाँचखालमा भेटिएका संक्रमितहरुको काठमाडौंस्थित एक अस्पतालमा उपचार भइरहेको छ ।

डेंगु संक्रमण भएमा एक्कासि उच्च ज्वरो आउने र पाँचदेखि सात दिनसम्म ज्वरो रहने, सहन नसक्नेगरी टाउको दुख्ने, आँखाको नानी तथा पछिल्लो भाग दुख्नुका साथै ढाड, जोर्नी र मांशपेसी दुख्ने, शरीरमा विमिरा आउने तथा वाकवाकी लाग्ने, पेट दुख्ने, नाक अथावा गिजाबाट रगत बग्नु, शरीरमा रगत जेमेको दाग देखापर्नु तथा बेहास हुने लक्षण देखिन्छ। समयमै उचित उपचार नपाए बिरामीको मृत्युसमेत हुने गर्दछ।