images
images

नियन्त्रणमा लिएको कवाडी सामान तामाकोशी जलविद्युत आयोजनास्थलमै फर्काइयो

  • १२ श्रावण २०७९, बिहीबार १७:०६

दोलखा । दोलखा प्रहरीले नियन्त्रणमा लिएको कवाडी सामान तामाकोशी जलविद्युत् आयोजनास्थलमै फर्काइएको छ ।

आयोजनाको कवाडी सामान चोरी गरेर लैजाँदै गरेको आशंकामा स्थानीयले दुई वटा सवारी साधानलाई नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएकोमा प्रहरीले आवश्यक प्रक्रिया पुराएर लैजान भन्दै आयोजनास्थलमै फर्काएको हो । आयोजनास्थलबाट सामान लैँजादै गरेको सवारी साधानलाई आवश्यक प्रक्रिया पुराएर मात्रै सम्बन्धी स्थानमा लैजान आग्रह गर्दै हालका लागि सो सामान आयोजनास्थलमै फिर्ता पठाइएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) गंगा प्रसाद पौडेलले जानकारी दिनुभयो । आज बिहान कवाडी सामान लिएर आउँदै गरेको सिनो हाईड्रोको प्र.०३–००१ क २०६४ र मधेश प्रदेश ०३–००१ क २२०० नम्बरको गाडी स्थानीयले सिंगटी बजारमा रोकेर प्रहरीलाई बुझाएका थिए । स्थानीयले पुरानै पत्र संख्या नम्बर, पुरानै चलानी नम्बर र पुरानै मिति भएको जिल्ला प्रशासन कार्यालय र जलबिद्युत आयोजनाको पुरानै पत्र देखाउँदै आयोजनाको कवाडी सामान लगेपछि नियन्त्रणमा लिएका थिए । आयोजनाको कवाडी सामानबारे पटक–पटक विवाद हुँदै आएको छ । यसअघि पनि स्थानीयले कवाडी सामान रोकेका थिए ।