images
images

दोलखा-सिंगटी सडक अवरूद्व, यातायातका साधन वीच बाटोमै रोकिए

दोलखा। पहिरोले दोलखा-सिंगटी सडक अवरूद्व भएको छ । सडक अवरूद्व भएपछि जिल्लाको उत्तरी क्षेत्रमा संचालन हुने यातायातका साधन ठप्प भएका छन् ।

दोलखाको उत्तरी क्षेत्रको मुख्य व्यापारिक केन्द्र सिंगटी जोड्ने चरिकोट-सिंगटी सडकको झमार्सी सडक खण्ड पहिरोले बगाएपछि यातायात अवरुद्ध भएको हो ।

गय रातिको वर्षाले झमार्सीमा सडक भासिएको छ भने केही भाग पहिरोले बगाएको छ । सडक अवरुद्ध भएसँगै उत्तरी क्षेत्र सम्पर्क विच्छेदमा छ।

वैकल्पिक ग्रामीण सडक पनि वर्षाका कारण अवरुद्ध बनेकाले यातायात सञ्चालनमा कठिनाइ भएको छ ।

सदरमुकाम चरिकोटवाट सिंगटीतर्फ आउने जाने यात्रुवाहक वस तथा मालवाहक ट्रक वीच बाटोमै रोकिएका छन् ।