हटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले साउन १५ गते विश्वासको मत लिन लाग्नु भएको छ ।
एमाले कांग्रेस गठबन्धनबाट सरकारको नेतृत्व लिनु भएको मुख्यमन्त्री लामाले १५ गते विश्वासको मत लिन लागेको प्रदेशसभा सचिवालय हेटौँडामा पत्र दर्ता गराउनु भएको हो । मुख्यमन्त्री नियुक्त भएको ३० दिन भित्र सांसदबाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था रहेको छ । उहाँका पत्र अनुसार प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले साउन १५ गते दिउँसो ३ बजेका लागि संसद् बैठक आह्वान गर्नुभएको छ ।
मुख्यमन्त्री लामाले नेपालको संविधानको धारा १ सय ६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १ सय ४३ को उपनियम (१) बमोजिम सांसदबाट विश्वासको मत लिने तयारी गर्नुभएको हो । साउन १२ गते एक विना विभागीय मन्त्री सहित सरकारलाई पूर्णता दिनुभएको मुख्यमन्त्री लामालाई एमालेका २७ र कांग्रेसका ३७ सांसद गरी ६४ जनाको समर्थन रहेको छ ।
पहिलो पटक कांग्रेसबाट सरकारको नेतृत्व लिनुभएको एमालेका ६ र कांग्रेसका ६ जनालाई मन्त्री नियुक्त गर्नुभएको छ ।