images
images

पूर्वमन्त्री गोविन्दराज जोशी सर्वाेच्चबाट पनि दोषी ठहर

  • १३ श्रावण २०८१, आईतवार १८:२२

काठमाडौँ । पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टचार मुद्धामा सर्वाेच्च अदालतबाट पनि दोषी ठहर भएका छन् ।

सर्वाेच्च अदालतका न्यायधिश विनोद शर्मा र बालकृष्ण ढकालको ईजलासले जोशीलाई भ्रष्टचार मुद्धामा दोषी ठहर गर्दै ९ महिना कैद र ६९ लाख १५ हजार जरिवानाको सजाय सुनाएको हो । सर्वाेच्चले विशेष अदालतले गरेको फैसलालाई केही उल्टाएर सजाय र जरिवाना घटाएको छ । यसअघि विशेष अदालतले उनलाई गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरि भ्रष्टाचार गरेको ठहर सहित डेढ वर्ष कैद र २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

कांग्रेसका तत्कालिन प्रभावशाली नेता जोशी लगाएत उनका परिवारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरि गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा २०६० पौष १८ गते विशेष अदालतमा मुद्धा दायर गरेको थियो । उनी कांग्रेसबाट पटक पटक मन्त्री भईसकेका व्यक्ति हुन् ।