काठमाडौं । नेकपा माओवादी केन्द्र बागमती प्रदेशका नेता तथा कार्यकर्ताले प्रत्येक जिल्लाका कम्तीमा एउटा निर्वाचन क्षेत्र नछोड्न नेतृत्वलाई सुझाव दिएका छन् ।
बागमती प्रदेश समितिको बैठकलाई आज सम्बोधन गर्दै केन्द्रिय सदस्य र प्रदेश पदाधिकारीहरुले यस्तो सुझाव दिएका हुन् । आजको बैठकमा बागमती प्रदेश अन्र्तगतका १३ वटै जिल्लाका जिल्ला इन्चार्जहरुले रिर्पोटिङ गरेका थिए । बैठकले प्रदेश अन्र्तगतका केन्द्रिय सदस्यहरुको चुनावि कार्यविभाजन समेत गरेको छ । प्रदेश सचिव इन्द्रबहादुर थिङका अनुसार दुई महिना प्रतिनिधिसभा र प्रदेशसभामा खटिनका लागि केन्द्रिय सदस्यहरुको कार्यविभाजन भएको हो । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले भदौ २० गतेभित्र प्रतिनिधिसभा र प्रदेशभिाका उम्मेदवार सिफारिस गरिसक्न निर्देशन दिनुभएको थियो ।










