images
images

माओवादी केन्द्रले बागमती प्रदेशका सबै जिल्लामा चुनावि कमाण्डर तोक्यो (विवरण सहित)

  • १२ भाद्र २०७९, आईतवार १८:४२

काठमाडौं । नेकपा माओवादी केन्द्रले बागमती प्रदेशका प्रत्येक जिल्लामा चुनावी कमाण्डर तोकेको छ ।

माओवादी केन्द्र बागमती प्रदेशको आज बसेको केन्द्रिय सदस्य सहितको पदाधिकारी बैठकले बागमती प्रदेशमा पर्ने सबै जिल्लाको चुनावि कमाण्डर तोकेको हो । जसअनुसार दोलखामा नेकपा माओवादी केन्द्रकी पोलिटव्युरो सदस्य देवि खड्कालाई चुनावि कमाण्डर तोकिएको छ ।  रामेछापमा श्याम कुमार श्रेष्ठ, सिन्धुपाल्चोकमा माधव सापकोटा र शरद दुलाललाई चुनावी कमाण्डर तोकिएको छ । यस्तै सिन्धुलीमा दिर्घराज श्रेष्ठ र बसन्त माझि तथा काभ्रेपलाञ्चोकमा सुर्यमान दोङ र रुकु चौलागाईलाई चुनावि कमाण्डर बनाइएको छ ।

यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रको चुनावी कमाण्ड पुत्री रेनु दाहालले सम्हाल्ने भएकी छन्। यसैगरी बैठकले चितवन क्षेत्र नम्बर १ को चुनावी कमान्डरमा कञ्चन खनाललाई दिएको छ। क्षेत्र नम्बर २ मा घनश्याम दाहाल कमाण्डर तोकिएका छन्। यसैगरी  काठमाडौंको १ मा अनिल शर्मा, २ मा कुमार पौडेल, ३ मा बद्री बजगाईं, ४ मा गोविन्द बटाला, ५ मा कल्पना शर्मा, ६ मा हिमाल शर्मा, ७ मा रामबाबु फुयाल,८ मा सरिता श्रेष्ठ, ९ मा शंकर दुलाल र १० मा अञ्जना विसङ्खेलाई मंसिर चार गतेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावी कमाण्डर बनाएको माओवादीका केन्द्रिय सदस्यहरुले बताएका छन् । काठमाडौं महानगरभित्रको सबै चुनावी कमाण्ड मुक्ति प्रधानले गर्नेछन्।

यस्तै भक्तपुर जिल्लाको क्षेत्र नम्बर १ मा देवेन्द्र श्रेष्ठ र डीपी ढकाल तथा २ को कमान्डरमा दिलीप प्रजापति चयन भएका छन्। ललितपुरमा क्षेत्र नम्बर १ मा गंगा पराजुली, २ मा उर्मिला लामा र क्षेत्र नम्बर ३ मा हरि दाहाल र पद्मा राईलाई कमाण्डर बनाउने निर्णय गरेको माओवादी बागमती समितिले जानकारी दिएको छ। मकवानपुरको क्षेत्र नम्बर १ मा विजय गौतम र क्षेत्र नम्बर २ मा कुमारी मोक्तान कमाण्डर चुन्ने निर्णय भएको छ। नुवाकोटमा हितबहादुर तामाङ क्षेत्र नम्बर १ र विमला सुवेदी क्षेत्र नम्बर २ का लागि चुनावी कमाण्डर बनाइएका छन्। धादिङमा शालिकराम जम्कट्टेले एक्लै चुनावी कमाण्डर बनेका छन्। आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ ।