काठमाडौँ । जापान सरकारले नेपाललाई ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने भएको छ ।
जापान सरकारले मानव संशाधन विकास छात्रवृत्ति (जेडिएस) परियोजना अन्र्तगत नेपाल सरकारलाई करिब ४२ करोड ३० लाख नेपाली रुपैयाँ अर्थात ४५ करोड ४० लाख जापानी येन बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको हो । अनुदान उपलब्ध गराउने सम्बन्धि सम्झौता पत्रमा नेपाल सरकारको तर्फबाट अर्थसचिव डा. रामप्रसाद घिमिरे र जापान सरकारको तर्फबाट नेपालका लागि जापानी राजदुत किकुता युताकाले हस्ताक्षर गरेका छन् ।
सो छात्रवृत्ति कार्यक्रम अन्र्तगत नेपाल सरकारका प्रतिस्पर्धी युवा कर्मचारीहरुले जापानका विभिन्न विश्वविद्यालयहरुमा दुई वर्षको स्नातकोत्तर तथा तीन वर्षको विद्यावारिधि तहमा अध्ययन गर्ने अवसर पाउनेछन् ।
सन् २०१६ देखि उपलब्ध हुँदै आएको सो छात्रवृत्ति कार्यक्रम अन्र्तगत यसअघि १६५ विद्यार्थीले उच्च शिक्षा हासिल गरेकोमा नयाँ सम्झौता अन्र्तगत थप २२ विद्यार्थीले अध्ययनका लागि छात्रावृत्ति प्राप्त गर्नेछन् । यो सँगै अब १८७ विद्यार्थीले छात्रवृत्तिमा अध्ययन गर्न पाउने भएका हुन् ।