images
images

दोलखाको जिरीमा भारी वर्षा

  • १२ भाद्र २०८१, बुधबार १९:४२

दोलखा (जिरी)। दोलखाको जिरीमा भारी वर्षा भएको छ ।

जिरीमा पछिल्लो एक घण्टामा ६८ दशमलव ८ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो २ः५५ देखि ३ः२५ सम्म भरी वर्षा भएको हो । बाढी पूर्वानुमान महाशाखाले जिरी भई बहने जिरी खोला तथा खिम्ती खोलामा आकस्मिक बाढी आउन सक्ने खतरा रहेको छ ।

नदी तटीय क्षेत्रमा रहनेहरुलाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । मौसम पूर्वानुमान् महाशाखाका अनुसार अहिले बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ ।