images
images

सल्यानमा जीप दुर्घटनाः ८ जनाको मृत्यु

  • १२ आश्विन २०७९, बुधबार ०६:३८

काठमाडौं । सल्यानमा जीप दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

सल्यानको कपुरकोटमा जीप दुर्घटना हुदाँ ८ जनाको मृत्यु भएको हो । बाँकेको धकेरीबाट सल्यानको कपुरकोटमा बिहे भोजमा सहभागी हुनेहरुलाई लिएर जाँदै गरेको रा १ ज ५६३ नम्बरको जीप कपुरकोट गाउँपालिका वडा नम्बर ३ मुलपानीमा दुर्घटना ,भएको अधिकारीहरुले बताएका छन् । दुर्घटनामा परी कपुरकोट गाउँपालिका ६ जलवाङका २१ वर्षिय जितबहादुर बोहोरा, ३७ वर्षिय धर्मा ओली, ४० वर्षिय टोपबहादुर ओली र उनका छोरा ११ वर्षिय वसन्त ओली रहेका छन् । यस्तै सुरेश खत्री, खुमलाल ओली, कुमारी ओली र ललित ओलीको मृत्यु भएको सल्यानका प्रहरी प्रवक्ता सन्तोष खनाले जानकारी दिनुभयो । दुर्घटनामा कपुरकोट गाउँपालिका वडा नम्बर ६ जलवाङकै ३५ वर्षिय तिलक ओली घाइते भएका छन् । उनको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । जिपमा ९ जना सवार थिए । .