images
images

हिमाली जिल्ला दोलखामा डेंगुको प्रकोप, १८ जनामा संक्रमण पुष्टि

  • १२ आश्विन २०७९, बुधबार ०८:१७

दोलखा । हिमाली जिल्ला दोलखामा धमाधम डेंगु रोगका संक्रमित बढ्न थालेका छन् । लामखुट्टेको टोकाईवाट हुने डेंगुवाट दोलखामा संक्रमित हुनेको संख्या १८ पुगेको छ ।

स्वास्थ्य कार्यालय दोलखाका अनुसार जिरी नगरपालिकामा ७ जना, तामाकोशी गाउँपालिकामा ६ जना, मेलुङका ३ जना र भीमेश्वर नगरपालिकामा २ जनामा डेंगु संक्रमण भएको छ । जिरी अस्पतालमा स्वास्थ्य परिक्षण गराएका रामेछापका एक जनामा पनि डेंगु संक्रमण पुष्टि भएको छ । संक्रमित सवै जना उपचाररत रहेको स्वास्थ्य कार्यालय दोलखाका सुचना अधिकारी पुरुषोत्तम अर्यालले जानकारी दिनुभयो । पछिल्लो समय जिरी नगरपालिका र तामाकोशी गाउँपालिकामा सबैभन्दा बढी डेंगु संक्रमित भेटिएका छन् । संक्रमित मध्ये अधिकांश काठमाडौंबाट आएकाहरु रहेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । कार्यालयका अनुसार स्वास्थ्यमा समस्या भएर अस्पताल पुगेकामध्ये डेंगुको लक्षण देखिएकाहरुको मात्रै परिक्षण गर्ने गरिएको छ । डेंगुसँग मिल्दोजुल्दो लक्षणका बिरामी स्वास्थ्य संस्थामा आएपनि सिरियस अवस्थाको मात्रै डेंगु परिक्षण हुने गरेका कारण जिल्लामा संक्रमितको सँख्या अझै बढी हुन सक्ने अनुमान छ ।

संक्रमित मध्ये अधिकांश काठमाडौंबाट आएकाहरु रहेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । डेंगुसँग मिल्दोजुल्दो लक्षणका बिरामी स्वास्थ्य संस्थामा आएपनि सिरियस अवस्थाको मात्रै डेंगु परिक्षण हुने गरेका कारण जिल्लामा संक्रमितको सँख्या अझै बढी हुन सक्ने अनुमान छ ।

डेंगु लामखुट्टेको टोकाइवाट सर्ने संक्रामक रोग हो । डेंगुको भाइरसद्धारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइने र मधेशमा बढी संक्रमण हुने गरेपनि हिमाली जिल्ला दोलखाको जिरीमा समेत डेंगुको संक्रमण देखिएको छ । डेंगु रोग क्लासिक डेंगु, हेमोरेजिक र साक सिन्ड्रोम गरी तीन प्रकारका छन् । क्लासिक डेंगु सामान्य प्रकारको डेंगु हो, यो आफै निको हुन्छ । तर, कुनै व्यक्तिलाई डेंगु हेमोरेजिक ज्वरो वा डेंगु साक सिन्ड्रोम भएको छ भने उचित प्रकारले उपचार हुन नसके मृत्यु हुन सक्छ ।

डेंगु रोगको लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यस्तो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । डेंगु संक्रमण भएमा उच्च ज्वरोका साथै असाध्यै टाउको दुख्ने, आँखाको गेडी र आँखाको पछिल्लो भाड दुख्ने, जोर्नी र मांसपेशीहरु दुख्ने, शरीरमा विमिरा आउने, बान्ता हुने तथा रक्तश्राव हुने वा शरीरमा रगतद्ध जमेको दागहरु देखा पर्ने, बेहोश हुने जस्ता लक्षणहरु पनि देखा पर्न सक्छ । लामखुट्टेले टोकेको तीनदेखि १४ दिनको अन्तरालमा डेंगुको लक्षण देखिने चिकित्सकहरुले बताएका छन् । नेपालमा डेंगुका कारण ३६ जनाको मृत्यु भईसकेको छ ।