दोलखा । नेकपा एमाले दोलखाले दशैँ, तिहार र छठ पर्वको अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
एमाले दोलखाले आज सदरमुकाम चरिकोटस्थित जिल्ला पार्टी कार्यालयमा चियापान कार्यक्रमको आयोजना गरेको हो । चियापान कार्यक्रममा नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ, एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठ लगायतका पदाधिकारी, एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख,उपप्रमुख तथा पुर्व जनप्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।
यस्तै, चियापान समारोहमा दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा, प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) गंगाप्रसाद पौडेल लगायतको सहभागीता रहेको थियो ।










