images
images

बाढीले भोटेकोसीको बेलिब्रिज बगायो, तातोपानी नाकासंगको सम्वन्धबिच्छेद

  • १२ आश्विन २०८१, शनिबार १३:३७

सिन्धुपाल्चोक । लगातारको वर्षासँगै आएको बाढीले चिनसँगको तातोपानी नाका जोड्ने भोटेकोशीको पूल बगाएको छ ।

चीनसँगको तातोपानी नाका जोड्ने एक मात्र भोटेकोशीको बेलिब्रिज बाढीले बगाएपछि तातोपानी नाकासँगको सम्बन्ध विच्छेद भएको छ । अविरल वर्षाका कारण भोटेकोशी खोलामा आएको बाढीले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित लार्चामा रहेको बेलिब्रिज बगाएको हो । विहिबार रातिदेखिको लगातारको वर्षाले लिपिङमा रहेको अर्काे पुल पनि बगाएको छ ।

बाढीले नेपाल चिन जोड्ने अरनीको लोकमार्गका पुलमा क्षति पु¥याएपछि चीनको तातोपानी नाका जाने बाटो अवरुद्ध भएको छ । पुल भत्किँदा चिनबाट दँशै लक्षित सामान लिएर आएका कन्टेनरहरु बाटोमै रोकिएका छन् ।