दोलखा । माथिल्लो तामाकोशी जलबिधुत आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवक्र्स) मा पहिरो खस्दा चार जना सम्पर्कविहिन भएका छन् ।
आज दिउँसो हेडवक्र्स माथिको भीरवाट पहिरो खस्दा नियन्त्रण कक्ष (कन्ट्रोल रुम) मा काम रहेका नेपाली सेनाका दुई सैनिक र दुई जना कामदार (फोर म्यान) पुरिएर बेपत्ता भएको आशंका गरिएको छ । हेडवक्र्सका संरचना रहेको क्षेत्रभन्दा माथिवाट खसेको पहिरोले कन्ट्रोल रुम पनि पुरिएको छ । दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले आयोजनको हेडवक्र्समा क्षेत्रमा पहिरोले क्षेति गरेको र दुई सैनिक सहित ४ जना सम्पर्कविहिन भएको सूचना प्राप्त भएको जानकारी दिनुभयो ।
यस्तै, माथिल्लो तामाकोशी आयोजनाको प्रवद्र्धक कम्पनी तामाकोशी हाइड्रो पावरका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले पनि आयोजनाका दुई कर्मचारी र ड्युटिमा खटिएका २ सैनिक सम्पर्कविहिन भएको बताउनुभयो । पहिरोले हेडवक्र्स क्षेत्रका संरचनाहरु क्षेति गरेको र घटनास्थलसम्म सुरक्षाकर्मी समेत पुग्न नसकेको जानकारी दिनुभयो ।
पहिरोले बाँधस्थल नजिकै नियन्त्रण कक्ष रहेको दुई तल घर पुरेको छ भने बालुवा थिग्ग्रयाउने पोखरी (डिस्याण्डर) र बाँधवाट डिस्याण्डरसम्म पानी पुर्याउनेनहर (कल्र्भट) मा ठूलो क्षति पुगेको छ । पहिरोका कारण जलाशय क्षेत्रमा ठूलो परिमाणमा ढुँगा र लेदो थुप्रिएको छ ।
पानीको वहाव उच्च भएपछि माथिल्लो तामाकोशी आयोजनाको बिद्युत उत्पादन समेत बन्द गरिएको छ । बाँधका सम्पूर्ण ढोकाहरु खुला गरिएको छ । माथिल्लो तामाकोशीको जलाशयका सवै ढोका खुल्ला गरिएका कारण तामाकोशी नदी तटीय क्षेत्रमा पानीको सतह बृद्धी भएको छ ।