images
images

दोलखाका ठूला सहकारीले घटाए शेयर लाभांश, न्यूनतम ६ देखि अधिकतम ११ प्रतिशत दिने निर्णय

दोलखा । दोलखाका ठूला सहकारीहरुले अघिल्लो आर्थिक बर्षको तुलनामा गत बर्ष घटाएर शेयर लाभांश वितरण गरेका छन् ।

जिल्लाका सहकारीहरुले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा गत आर्थिक वर्ष २०७८/७९ मा २ देखि ६ प्रतिशतसम्म घटाएर शेयर लाभांश वितरण गरेका हुन् । वित्त बजारमा देखिएको तरलता अभाव र भाका नाघेको ऋणलाई सुरक्षण गर्नुपरेको लगायतका कारण देखाउँदै सहकारी संस्थाहरुले घटाएर शेयर लाभांश वितरण गरेका हुन् । जिल्लाको जनसचेतन, जनमुखी, हाम्रो जनकल्याण, अर्थभुमी र जनउपकार वचत तथा ऋण सहकारी संस्था तथा भीमेश्वर बहुउद्धेश्यीय सहकारी संस्थाले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष घटाएर शेयर लाभांश वितरण गरेका छन् ।

दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर ५ मैनापोखरीस्थित जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले गत वर्ष १० प्रतिशत शेयर लाभांश वितरण गरेको छ । अघिल्लो आर्थिक वर्ष १२ प्रतिशत लाभांश वितरण गरेको जनसचेतनले गत आर्थिक वर्ष २ प्रतिशतले घटाएर लाभांश वितरण गरेको संस्थाका व्यवस्थापक नवराज दाहालले जानकारी दिनुभयो । कोरोना महामारी, आर्थिक मन्दीसँगै भाखा नाघेका ऋण धेरै उठ्न बाँकी रहेका कारण सहकारी नाफामा नगएकाले गत आर्थिक वर्ष कम शेयर बोनस वितरण गरेको साकोसका अध्यक्ष हेमन्त चौलागाईले बताउनुभयो ।

मैनापोखरीकै जनमुखी बचत तथा ऋण सहकारी संस्थाले पनि गत आर्थिक वर्ष ११ प्रतिशतका दरले शेयर बोनस वितरण गरेको छ । साकोसले कुल नाफाबाट १ करोड ३ लाख रकम छुटयाएकोमा १५ हजार सदस्यलाई गत वर्ष ११ प्रतिशतका दरले शेयर लाभांश वितरण गरेको जनमुखी साकोसका व्यवस्थापक भेषबहादुर मिजारले जानकारी दिनुभयो । जनमुखीले अघिल्लो आर्थिक वर्ष १४ प्रतिशत शेयर लाभांश वितरण गरेको थियो । आर्थिक मन्दीका कारण सदस्यहरुले बचत फिर्ता गरेको, ऋण उठ्न बाँकी रहेका कारण शेयर बोनस अघिल्लो आर्थिक बर्षको तुलनामा गत बर्ष घटाएर वितरण गर्न संस्था बाध्य भएको जनमुखीका अध्यक्ष माधवप्रसाद दाहालले बताउनुभयो । जनमुखीले गत आर्थिक वर्ष २ करोड १५ लाख २१ हजार ९ सय ९५ खुद मुनाफा आर्जन गरेकोे छ ।

जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले गत वर्ष १० प्रतिशत शेयर लाभांश वितरण गरेको छ । अघिल्लो आर्थिक वर्ष १२ प्रतिशत लाभांश वितरण गरेको जनसचेतनले गत आर्थिक वर्ष २ प्रतिशतले घटाएर लाभांश वितरण गरेको हो । एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्ष ६ प्रतिशतका दरले शेयर लाभांश वितरण गरेको छ । अघिल्लो आर्थिक वर्ष १२ प्रतिशतका दरले शेयर लाभांश वितरण गरेको फ्रेण्डसीपले गत वर्ष ५० प्रतिशत घटाएर लाभांश वितरण गरेको हो । मिलिजुली कालिन्चोक सहकारी संस्थाले भने गत वर्ष वितरण गर्ने शेयर बोनसको अझै टुँगो लगाएको छैन ।

दोलखा सदरमुकाम चरिकोटस्थित हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्ष ६ दशमलव ६८ प्रतिशत मात्रै शेयर लाभांश वितरण गरेको छ । हाम्रो जनकल्याणका व्यवस्थापक दिपक बस्नेतले मुलुकको आर्थिक मन्त्री, कोरोना महामारी लगायत कारणले लक्ष्य अनुसार शेयर लाभांश वितरण गर्न नसकेको प्रतिक्रिया दिनुभयो । उहाँका अनुसार अघिल्लो आर्थिक वर्ष संस्थाले ५ दशमलव ५४ प्रतिशत लाभांश वितरण गरेको थियोे । हाम्रो जनकल्याण साकोसको शेयर पुँजी ६ करोड १५ लाख ९ हजार रहेकोे छ । चरिकोटस्थित अर्थभुमी बचत तथा ऋण सहकारी संस्थाले भने अघिल्लो आर्थिक बर्ष र गत आर्थिक बर्ष समान १० प्रतिशतका दरले लाभांश वितरण गरेको छ । अर्थभुमी साकोसको शेयर पुँजी २ करोड ७५ लाख ८० हजार २ सय रहेको छ । चरिकोटकै मिलिजुली कालिन्चोक सहकारी संस्थाले भने गत वर्ष वितरण गर्ने शेयर बोनसको अझै टुँगो लगाएको छैन ।

पर्यटकीय नगरी जिरीस्थित एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्ष ६ प्रतिशतका दरले शेयर लाभांश वितरण गरेको छ । अघिल्लो आर्थिक वर्ष १२ प्रतिशतका दरले शेयर लाभांश वितरण गरेको फ्रेण्डसीपले गत वर्ष ५० प्रतिशत घटाएर लाभांश वितरण गरेको हो । फ्रेण्डसीपको कूल शेयर पुँजी १० करोड ६४ लाख ६४ हजार ५ सय पुगेको छ भने गत आर्थिक ६९ लाख ४७ हजार ९ सय ८० रुपैँया मुनाफा आर्जन गरेको छ । गौरीशंकर गाउँपालिका वडा नम्बर २ जुुगुँस्थित जनउपकार बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्ष ८ प्रतिशत शेयर लाभांश वितरण गर्ने निर्णय गरेको छ । त्यसका लागि साकोसले १९ लाख ६० लाख ९ सय ८८ रुपैयाँ रकम छुटयाएको व्यवस्थापक चुणामणि घिमिरेले जानकारी दिनुभयो । जनउपकारको शेयर पुँजी २ करोड ९० लाख ३९ हजार रहेको छ ।

तामाकोशी गाउँपालिका वडा नम्बर १ भिरकोटस्थित भीमेश्वर बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्ष ९ प्रतिशत लाभांश बाड्ने निर्णय गरेको छ । भिमेश्वर सहकारीले अघिल्लो आर्थिक वर्ष १० प्रतिशत शेयर बोनस वितरण गरेकोमा गत आर्थिक वर्ष १ प्रतिशत घटाएर लाभांश वितरण गर्ने निर्णय गरेको अध्यक्ष सिताराम उप्रेतीले जानकारी दिनुभयो । सो संस्थाको शेयर पुँजी ३ करोड १३ लाख ८१ हजार २ सय पुगेको छ ।
जिल्लाका ठुला सहकारीहरुको तथ्यांक संकलनका क्रममा केही बाहेक अधिकांश सहकारी संस्थाले शेयर लाभांश घटाएको देखिएको हो । सहकारी संस्थाहरुले कोरोना भाईरस र लकडाउनको असर, वित्त बजारमा देखिएको तरलता अभाव र भाका नाघेको ऋण बढी भएका कारण शेयर लाभांश घटाएर वितरण गर्नुपरेको बताएका छन् । विश्वको सबैभन्दा ठुलो अर्थतन्त्र भएका मुलुकहरु समेत मुद्रास्फीतिसँग जुधिरहेका छन् । पहिलो कोरोना महामारी, रुस–युक्रेन युद्ध र चीनका ठुला सहरहरु अहिले पनि लकडाउनमा बस्न बाध्य भएका कारण बस्तुको आपुर्ति श्रृखला अवरुद्ध भएर विश्वभर आर्थिक मन्दीको असर देखिएको बिश्लेषण गरिएकोे छ । यसको प्रभाव जिल्लाका सहकारी क्षेत्रमा समेत देखिएको छ ।

सहकारी संस्थाहरुले कोरोना भाईरस र लकडाउनको असर, वित्त बजारमा देखिएको तरलता अभाव र भाका नाघेको ऋण बढी भएका कारण शेयर लाभांश घटाएर वितरण गर्नुपरेको बताएका छन् । सहकारी संस्थाहरुले पुस मसान्तभित्र शेयर लाभाशं वितरण गरिसक्नु पर्नेछ । तर, एक वर्षको शेयर लाभांशको रकम शेयर पूँजीको १८ प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था छ ।

सहकारी संस्थाले खुद आम्दानीको नेपाल सरकारलाई ५ प्रतिशत कर बुझाएर बाँकी रहेको रकमबाट संघीय सहकारी ऐन २०७४ को दफा ६८ बमोजिम न्यूनतम २५ प्रतिशत जगेडा कोषमा रकम पठाउनु पर्ने व्यवस्था छ । जगेडा कोषमा सारेर बाँकी रहेको रकमलाई सय प्रतिशत मानेर सो रकमको २५ प्रतिशत रकम ऐनको दफा ६९ बमोजिम संरक्षित पुँजी फिर्ता कोषमा र शुन्य दशमलव ५ प्रतिशत रकम ऐनको दफा ७० बमोजिम सहकारी प्रवद्र्धन कोषमा जम्मा गर्नु पर्नेछ । यसरी बाँडफाँड गरी बाँकी रहेको रकमलाई शेयर लाभांश कोषमा जम्मा गर्नु पर्नेछ । सोही कोषवाट शेयर लाभांश वितरण गर्न पाउने कानूनी व्यवस्था छ ।

सहकारी संस्थाहरुले पुस मसान्तभित्र शेयर लाभाशं वितरण गरिसक्नु पर्नेछ । तर, एक वर्षको शेयर लाभांशको रकम शेयर पूँजीको १८ प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था छ ।