
सोलुखुम्बु । सोलुखुम्बुमा हत्या गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।
जिल्लाको महाकुलुङ गाउँपालिका–२ पेल्माङका ५० वर्षीय शीतलबहादुर राईको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा स्थानीय ५५ वर्षीय धरनबहादुर राई र ३५ वर्षीय समित कुलुङ रहेका छन् । मादकपदार्थ सेवनपछि विवाद भएसँगै झै–झगडा हुँदा शीतलबहादुरको मृत्यु भएको सूचनापछि प्रहरी टोली खटिएको थियो । मृतकको घाँटीमा चोट देखिएको र अन्य दुई जनाको टाउको तथा हातमा रगत लागेको देखिएको वडाध्यक्ष प्रदीप राईले जानकारी दिनुभयो ।
झै–झगडामा संलग्न धरनबहादुर र समितलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।