images
images

गौरीशंकरमा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  • १२ कार्तिक २०८१, सोमबार १५:३८

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकामा आजबाट छैटौँ पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको प्रतिनिधि सभा सांसद गंगा कार्की विश्वले उद्घाटन गर्नुभयो । प्रतियोगितामा गौरीशंकर गाउँपालिकाका ६ वटा बिद्यालयको सहभागिता रहेको छ । जसअनुसार नीलकण्ठेश्वर मावि जुँगु, मानेडाँडा मावि झ्याँकु, हलेश्वर मावि सुरी, भुमेगुम्बा मावि चंखु, हिमवर्ती मावि मार्बु र खारे मावि खारेका खेलाडिहरुको सहभागिता रहेको गाउँपालिकाले जनाएको छ ।

गौरीशंकर गाउँपालिकाको आयोजना तथा निलकण्ठेश्वर माध्यमिक बिद्यालय जुँगुको व्यवस्थापनमा आजबाट सुरु भएको प्रतियोगिता कार्तिक १४ गतेसम्म सञ्चालन हुनेछ । निलकण्ठेश्वर मावि गौरीशंकर २ जुँगुको प्राङ्गणमा भैरहेको प्रतियोगितामा भलिवल, कबड्डी, एथलेटिक्स तथा हाईजम्प, लङजम्प र ज्याभलिङ थ्रो लगायका खेलहरु हुनेछन् ।

गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका पूर्ब अध्यक्ष स्वयम्बहादुर खड्का, वडा नम्बर २ का वडाअध्यक्ष रोहित बुढाथोकी, निलकण्ठेश्वर माविका प्रधानाध्यापक शान्त शेर्पा, निलकण्ठेवर माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्त कार्की, हिमवर्ती माविका प्रअ शुभ शेर्पा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।