जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकाले ‘जिरी भ्रमण बर्ष’ को तयारी सुरु गरेको छ । नगरपालिकाले निजी र सञ्चार क्षेत्रसँगा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी आजवाट भ्रमण बर्षको तयारी सुरु गरेको हो ।
जिरी नगरपालिकाको आयोजनामा भएको अन्तरक्रियामा सरोकारवालाहरुले जिरीको पर्यटन विकासकालागि भ्रमण बर्ष कोसेढुँगा हुने बतााएका छन् । कार्यक्रममा जिरी नगरपालिकाका नगर प्रमुख मित्रवहादुर जिरेलले आन्तरिक तथा बाह्य पर्यटक भित्रयाएर पर्यटनलाई जिरीको मुख्य आर्थिक आधारकोरुपमा स्थापित गर्न भ्रमण बर्षको आयोजना गरिएको बताउनुभयो ।
आगामी पुस महिनावाट सुरु हुने भ्रमण बर्षमा कम्तिमा ५० हजार पर्यटक भित्रयाउने र २५ करोड बराबरको आर्थिक क्रियाकलाप गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो । नगर प्रमुख जिरेलका अनुसार भ्रमण बर्ष अवधिभर जिरीको भौगोलिक बिशिष्टता, सामाजिक, साँस्कृतिक र धार्मिक धरोहर, हावापानी, जैविक विविधता लगायतका पर्यटकीय क्षेत्रको व्यापक प्रचार गरिने छ ।
जिरी भ्रमण बर्षको आगामी पुस महिनामा भव्यरुपमा उद्घाटन गर्ने र भ्रमण बर्ष अवधिभर मेला, महोत्सव, पद यात्रा, साइक्लिङ, प्याराग्लाइडिङ, फोटो प्रदर्शनी, खेलकुद सप्ताह, स्ट्रिाड फुड फेस्टिबल, जिरी म्यानिया लगायतका कार्यक्रमहरु हुने जिरी नगरपालिकाका उप प्रमुख कृष्णमाया खड्का बुढाथोकीले जानकारी दिनुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम सापकोटाका अनुसार भ्रमण बर्षमा जिरी आउने पर्यटकहरुको सहजताकालागि पर्यटन सूचना केन्द्रको स्थापना, होटल व्यवसायीहरुलाई तालिम, पर्यटक गाइडको प्रवन्ध, जिरी बजार आसपासमा सांस्कृतिक कला केन्द्रको स्थापना गरी नियमित साँस्कृतिक कार्यँक्रमको आयोजना गरिने छ ।
अन्तरक्रियामा सहभागी राजनीतिक दलका नेता तथा पर्यटन व्यवसायीहरुले जिरी भ्रमण बर्षलाई सफल बनाउन सवैले आ–आफ्नो ठाउँवाट सहयोग गर्नु पर्ने धारणा राखेका थिए । जिरी नगरपालिकाका पूर्व नगर प्रमुख टंकवहादुर जिरेलले जिरीको पर्यटन विकासकालागि तत्कालिन र दिर्घकालिन योजना बनाएर अघि बढ्न नगरपालिकालाई सुझाव दिनुभयो ।
यस्तै, पूर्व सांसद इन्द्रवहादुर खड्का, जिरी माविका पूर्व प्रधानाध्यापक टेकवहादुर जिरेल, नेपाली कांग्रेस जिरी नगर समितिका सभापति सोनाम शेर्पा, एमाले जिल्ला कमिटी सदस्य केशवकुमार कार्की, जिरी एफएमका अध्यक्ष लक्ष्मण खड्का, जिरी नगरपालिका, २ नम्बर वडाका वडा अध्यक्ष निम्पल्दे शेर्पा, जिरी उद्योग वाणिज्य संघका महासचिव अनिल कार्की, जिरी माविका प्रधानाध्यापक कुमार जिरेल, बौद्ध भुवनेश्वरी मावि मालीका प्रधानाध्यापक आङबाबा शेर्पा, पर्यटन व्यवसायी केशर जिरेल र तेजस्वी बस्नेत, युवा सञ्जाल जिरीका कोषाध्यक्ष इस्वर कार्की लगायतले प्राकृतिक सुन्दरता र धार्मिक पर्यटनसँग जोडेर जिरीको पर्यटन विकास गर्नु पर्ने धारणा राखेका थिए ।