images
images

रुसी सेनामा भर्ती भएर मृत्यु हुने यी हुन् तीन नेपाली

  • १२ मंसिर २०८०, मंगलवार ०८:३२

काठमाडौं । रुसमा गएर रुसी सेनामा भर्ती भएका तीन नेपालीको मृत्यु भएको छ ।

रुसी सेनामा कार्यरत रहेकै अवस्थामा दोलखाको मेलुङ गाउँपालिका– ६ स्थित सुनारपानीका राज कुमार रोका, स्याङजाको पुतली बजार नगरपालिका–५ स्थित तुलास्वाराका पितम कार्की र इलामको इलाम नगरपालिका–५ का गंगाराज मोक्तानको मृत्यु भएको हो । उनीहरुको गत कात्र्तिक २९ गते तिहारको भाइटिकाको दिन मृत्यु भएपनि परिवारजनले हिजो मात्रै खबर पाएका छन् । उनीहरुको मृत्युको खबर रुसी सेनाको अधिकारीबाट टेलिग्राम मार्फत प्राप्त भएको मस्कोस्थित नेपाली राजदुताबासले जनाएको छ । दुताबासले जानकारी पाएपछि नेपाली कन्सुलरलाई उनीहरुको मृत्युको बारेमा पत्राचार गरेको हो ।