images
images

राजा ल्याउन खोज्ने चेष्टा नगर्न नेकपा एसका अध्यक्ष नेपालको चेतावनी

  • १२ मंसिर २०८०, मंगलवार १२:१०

सुर्खेत । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रपतिलाई दोष दिएर राजा ल्याउन खोज्ने चेष्टा नगर्न चेतावनी दिनुभएको छ ।

विरेन्द्रनगरमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले यस्तो चेतावनी दिनुभएको हो । सरकारले गलत काम गरे सरकारका विरुद्ध उभिनुपर्नेमा व्यवस्थाको विरुद्ध उभिने काम भएको उहाँको भनाई छ । राजावादीहरुले ठुलो हुंकार गरेर काठमाडौंमा आन्दोलन गरेपनि त्यो उपलब्धी विहिन भएको भन्दै अध्यक्ष नेपालले व्यवस्था माथि गरिएको प्रहार सैह्य नहुने चेतावनी दिनुभयो ।

अर्को प्रसंगमा उहाँले देशमा आर्थिक समस्या रहेको स्वीकार गर्दै अर्थतन्त्र जुन गतिमा अघि बढ्नुपर्ने हो त्यो अनुसार अघि बढ्न नसकेको बताउनुभयो ।