images
images

निमावि शिक्षकको लाइसेन्स परीक्षामा कम विद्यार्थी पास, बागमतीमा ११.३४ प्रतिशत मात्रै उत्तीर्ण

  • १२ मंसिर २०८०, मंगलवार २०:४६

काठमाडौं । शिक्षक सेवा आयोगले लिएको निम्न माध्यामिक तहको लाइसेन्स (अध्यापन अनुमति पत्र) परीक्षामा ८ दशमलव ६१ प्रतिशत परीक्षार्थी मात्रै पास भएका छन् ।

आज सार्वजनिक गरिएको नतिजा अनुसार एक लाख ५१ हजार १२ जना सहभागी भएको परीक्षामा १३ हजार ७ जना मात्रै उतीर्ण भएका हुन् । कोशी प्रदेशमा २४ हजार ३९ सहभागी भएकोमा दुई हजार १३० (८.८६ प्रतिशत), मधेश प्रदेशमा २२ हजार ८५५ सहभागीमध्ये एक हजार ६१४ अर्थात ७.०६ प्रतिशत, बागमतीमा १७ हजार ६५१ सहभागी भएकामध्ये दुई हजार दुई अर्थात ११.३४ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको आयोगले जनाएको छ ।
यस्तैगरी गण्डकी प्रदेशमा ११ हजार ८९७ सहभागीमध्ये एक हजार १५२ अर्थात ९.६८ प्रतिशत, लुम्बिनी प्रदेशमा २९ हजार २३० सहभागीमध्ये दुई हजार ८६३ अर्थात ९.७९ प्रतिशत, कर्णाली प्रदेशमा २४ हजार १५४ सहभागी मध्ये एक हजार ५७४ अर्थात ६.५२ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा २१ हजार १८६ सहभागीमध्ये एक हजार ६७२ अर्थात ७.८९ प्रतिशत उत्तीर्ण भएका छन् ।