images
images

सिन्धुलीमा बोधिचित्तको माला लुटपाट गरेको आरोपमा काभ्रेका एक पुरुष पक्राउ

  • १३ मंसिर २०८१, बिहीबार १३:००

काठमाडौं । सिन्धुलीमा बोधिचित्तको माला लुटपाट गरेको आरोपमा काभ्रेपलाञ्चोक एक पुरुष पक्राउ परेका छन् ।

काभ्रेपलाञ्चोक घर भएका दूधराज तामाङलाई प्रहरीले गएराति ललितपुरको हरिसिद्धीबाट पक्राउ गरेको हो । उनले गत साउन ४ गते सिन्धुलीको फिक्कल गाउँपालिका १ महादेव डाँडाका होमबहादुर सुनुवारको जग्गाबाट बोधिचित्तको माला लुटपाट गरेको आरोप छ । यो घटनामा संग्लन सत्यमान लामा, दूधराज तामाङ, राकेश तामाङ, पुष्पलाल दोङ र शिव बरालसहित १३ जनाविरुद्ध डाँका, चोरी तथा लुटपाटको उजुरी परेको थियो ।

सत्यमान लामा र दूधराज तामाङसहित तीन जना पक्राउ परे पनि अरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । तामाङ माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका केन्द्रीय सचिव समेत हुन् ।