images
images

दोलखाका साईवरमा ठगि, पासपोर्ट र राष्ट्रिय परिचय–पत्रको फर्म भर्दा पाँच सयसम्म शुल्क

  • १३ पुष २०७९, बुधबार ०७:५०

दोलखा । दोलखाका सर्वसाधरण नागरिक राष्ट्रिय परिचयपत्र र राहदानीको अनलाइन फर्म भर्ने क्रममा ठगीमा पर्ने गरेका छन् ।

सदरमुकाम चरिकोटमा रहेका साइवरहरुले राष्ट्रिय परिचयपत्र र राहदानीको अनलाइन फर्म भर्दा आफुखुसी चर्को शुल्क असुल्न थालेपछि सर्वसाधरण नागरिक ठगिएका हुन् । राष्ट्रिय परिचयपत्रका लागि मात्रै फर्म भर्दा साइवरहरुले न्युनतम एक सयदेखी ३ सय ५० रुपैँयासम्म शुल्क लिने गरेका छन् भने राष्ट्रिय परिचयपत्र र राहदानी दुवै फर्म भर्दा ५ सय ५० रुपैँयासम्म शुल्क असुल गरिरहेका छन् ।

चरिकोटस्थित पशुपतिडाँडामा रहेका साइवरहरुले अनलाइन फर्म भर्दा न्यूनतम एक सय रुपैँयादेखि ४ सय ५० रुपैँयासम्म लिएको पाइएको छ भने चरिकोट वीच बजारमा रहेको एक साईवरले राष्ट्रिय परिचयपत्र र राहदानीको फर्म भर्दा ५ सय ५० रुपैँयासम्म शुल्क असुल गरीरहेको छ । दोलखाको वैतेश्वर गाउँपालिकाकी एक किशोरीको राष्ट्रिय परिचयपत्र र राहदानी फर्म भरे वापत सो कम्युटर टे«निङ इन्टिच्युटले ५ सय ५० रुपैँया शल्क लिएको हो । यस्तै तामाकोशी गाउँपालिकाका दुई जनाको राष्ट्रिय परिचयपत्र र राहदानी फर्म भर्दा पशुपति डाँडामा रहेका दुई वटा साइवरले छुट्टाछुट्टै सेवा शुल्क लिएका छन् । एउटा साइवरले ३ सय ५० रुपैँया शुल्क लिँदा अर्को साइवरले एक सय रुपैँया लिएको हो ।

सदरमुकाम चरिकोटमा रहेका साइवरहरुले राष्ट्रिय परिचयपत्र र राहदानीको अनलाइन फर्म भर्दा आफुखुसी चर्को शुल्क असुल्न थालेपछि सर्वसाधरण नागरिक ठगिएका हुन् ।चरिकोटमा रहेका साइवरहरुले परिचयपत्र र राहदानी फर्म भरे वापत सर्वसाधरण नागरिकबाट यसरी आफुखुसी चर्को शुल्क असुल गरिरहे पनि जिल्ला प्रशासन कार्यालय दोलखा भने यो विषयमा बेखवर छ । परिचयपत्र र इ–पासपोर्ट बनाउन सुरु भएको दुई वर्षसम्म पनि जिल्ला प्रशासन कार्यालय दोलखाले अनलाइन फर्म भर्ने सर्वसाधरणले कति शुल्क तिरीरहेका छन् ? साइवरले कतिसम्म शुल्क असुल गरिरहेका छन् भन्नेतर्फ पटक्कै ध्यान दिएको छैन ।

चरिकोटमा रहेका साइवरहरुले परिचयपत्र र राहदानी फर्म भरे वापत सर्वसाधरण नागरिकबाट यसरी आफुखुसी चर्को शुल्क असुल गरिरहे पनि जिल्ला प्रशासन कार्यालय दोलखा भने यो विषयमा बेखवर छ । दोलखाका निमित्त प्रमुख जिल्ला अधिकारी दिपक कोइरालाले आफुहरुलाई यो विषयमा कुनै जानकारी नभएको प्रतिक्रिया दिनुभयो । नागरिकलाई सहजताका लागि भनेर जिल्ला प्रशासन कार्यालयमै राष्ट्रिय परिचयपत्र र राहदानी फर्म भर्ने व्यवस्था मिलाइएको तर साइबरले चर्को शुल्क असुल गरिरहेको विषयमा कुनै जानकारी प्राप्त नभएको उहाँले बताउनुभयो । जथाभावी शुल्क असुल गरेको विषयमा उजुरी परेमा तत्काल कारवाही गर्ने निमित्त प्रजिअ कोइरालाले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय दोलखामा राष्ट्रिय परिचयपत्र र राहदानी बनाउन आउने नागरिकको दैनिक भीड लाग्ने गरेको छ । भनेकै दिन परिचयपत्र र राहदानी नबन्नुको मर्का त सर्वसाधरण नागरिकले लामो समयदेखि भोगीरहेका छन् । तर अनलाइन फर्म भर्दा समेत सर्वसाधरण नागरिक दुई वर्षदेखि ठगिदै आएका छन् । राहदानी विभागको निर्देशन अनुसार दोलखामा पनि २०७७ साल असार १७ गतेबाट राष्ट्रिय परिचयपत्र र इ–पासपोर्ट बनाउन सुरु भएको थियो ।

इ–पासपोर्टका लागि राष्ट्रिय परिचय अनिवार्य भएपछि सर्वसाधरण नागरिक साइवरको सहायतमा अनलाइन फर्म भर्न जाने गरेका छन् । परिचयपत्र र इ–पासपोर्ट बनाउन सुरु भएको दुई वर्षसम्म पनि जिल्ला प्रशासन कार्यालय दोलखाले अनलाइन फर्म भर्ने सर्वसाधरणले कति शुल्क तिरीरहेका छन् ? साइवरले कतिसम्म शुल्क असुल गरिरहेका छन् भन्नेतर्फ पटक्कै ध्यान दिएको छैन । राहदानी विभागले पछिल्लो समय अनलाइनबाटै पासपोर्ट लिनका लागि फर्म भर्ने र डेट लिने व्यवस्था गरेको छ । आफुले फर्म भर्न नसक्ने भएपछि सेवाग्राहीहरु विभिन्न साइबरमा गएर फर्म भर्न र डेट लिन बाध्य छन् । फर्म भरिदिने साइबरले भने सेवाग्राहीहरुलाई दुई वर्षदेखि लुटिरहेका छन् । सिस्टममा पटक–पटक समस्या आउँदा तोकिएकै दिन काम नबनेपछि सास्ती खेपिरहेका सर्वसाधरण नागरिक अनलाइन फर्म भर्ने क्रममा साइबरहरुबाट ठगिने गरेका छन् ।