images
images

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि लामा र बानियाँको उम्मेदवारी दर्ता

  • १३ पुष २०७९, बुधबार १०:४३

दोलखा । कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि २ जनाको उम्मेदवारी परेको छ ।

हेटौंडा १० स्थित कांग्रेस संसदीय दलको कार्यालयमा पुगेर संसदीय दलको नेताका लागि इन्द्रबहादुर बाँनिया र बहादुर सिंह लामाले उम्मेदवारी दर्ता गरेका हुन् । कांग्रेस केन्द्रिय सदस्य समेत रहेका लामाको प्रस्तावकमा दोलखा प्रदेशसभा १ बाट निर्वाचित सांसद कुन्दनराज काफ्ले रहेका छन् भने समर्थकमा उर्मिला नेपाल, तीर्थबहादुर लामा,रमेश कुमार महत र रामकृष्ण चित्रकार रहेका छन् ।

यस्तै कांग्रेस बागमती प्रदेश सभापति समे रहेका बानियाँको प्रस्तावकमा सांसद प्रभात तमाङ रहेका छन् भने समर्थकमा छिरिङ दोेर्जे लामा रहेका छन् । कांग्रेस संसदीय दलको नेताको निर्वाचनको लागि कांग्रेस बागमती प्रदेशका उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा रहेको निर्वाचन समितिले चुनावी प्रक्रिया थालेको छ ।आज दिउँसो २ बजेदेखि मतदान कार्यक्रम सञ्चालन हुनेछ । मतदानका लागि एक घण्टाको समय निर्धारण गरिएको छ । जसअनुसार दिउँसो ३ बजे मतदानको कार्यक्रम सम्पन्न हुनेछ ।