images
images

वागमती प्रदेशसभाका जेष्ठ सदस्य ढुंगानाले लिए सपथ, अन्य सदस्यको भोली

  • १३ पुष २०७९, बुधबार १६:०६

जिरी (दोलखा) । वागमती प्रदेशसभाका जेष्ठ सदस्य रामप्रसाद ढुंगानाले शपथ लिएका छन् ।

ढुंगानाले प्रदेश प्रमुख यादबचन्द्र शर्माबाट शपथ लिएका हुन्। प्रदेशसभामा नुवाकोट क्षेत्र नंबर २ को १ बाट विजयी भएका ढुंगानाले जेष्ठ सदस्यको रुपमा प्रदेशसभामा अध्यक्षता गर्नेगरी सपथ लिएका हुन् । ७१ वर्षीय उनले वागमती प्रदेशसभाले सभामुख चयन नगरेसम्मको लागि प्रदेशसभाको अध्यक्षता ग्रहण गर्नेछन् । ढुङ्गाना २००६ असोज २ गते जन्मेका थिए । उनी नेकपा माओवादी केन्द्रबाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य हुन् । आज शपथ ग्रहण गरेका उनले भोली प्रदेशका १३ जिल्लाबाट निर्वाचित भएर आएका १०९ प्रदेश सभा सदस्यहरुलाई शपथ ग्रहण गराउने छन् ।