images
images

लामा बने कांग्रेस बागमती प्रदेशसभा संसदीय दलको नेता

  • १३ पुष २०७९, बुधबार १६:२१

जिरी (दोलखा) । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलको नेतामा बहादुर सिंह लामा विजयी भएका छन् ।

मकवानपुरका इन्द्र बानियालाई पराजित गर्दै कांग्रेस केन्द्रिय सदस्य समेत रहेका लामा दलको नेतामा निर्वाचित भएका हुन् । नुवाकोटबाट प्रदेशसभामा प्रतिनिधित्व गरेका लामाले बानियाँलाई ५ मतले पराजित गरेका छन् । आज भएको निर्वाचनमा कांग्रेस प्रदेश सभापति समेत रहेका बानियाले १६ मत पाउँदा लामाले २१ मत पाएका छन् । वागमती प्रदेशमा नेपाली कांग्रेसका ३७ जना सांसदहरु रहेका छन् ।