images
images

कांग्रेसले अन्र्तघात गर्नेको विवरण पठाउन एक महिना समय थप्यो

  • १३ पुष २०७९, बुधबार १६:४५

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचनमा अन्र्तघात गर्नेको सुची पठाउन एक महिना समय थप गरेको छ ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरेका नेता कार्यकर्ताको सूची पठाउन कांग्रेसले माघ १५ गतेसम्मका लागि समय थप गरेको हो । कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टीका उम्मेदवारविरुद्ध अन्तर्घात गरी असहयोग गरेको उजुरीका सन्दर्भमा आवश्यक निर्णय गरी माघ १५ गतेसम्म केन्द्रमा सुची पठाउन निर्देशन दिएको छ ।

यसअघि सो समितिले पुस १५ गतेभित्र सूची पठाउन प्रदेश र जिल्ला कार्यसमितिलाई परिपत्र गरेको थियो । कांग्रेस सचिव प्रेम केसीद्धारा जारी विज्ञप्तिमा गठबन्धनका उम्मेदवालाई असहयोग गर्नेहरुको विषयमा केही पनि उल्लेख गरिएको छैन । यसलाई हेर्दा गठबन्धन भत्किएपछि कांग्रेसले गठबन्धनका उम्मेदवारलाई असहयोग गर्नेलाई माफी दिने देखिएको छ ।