images
images

राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेस बागमती प्रदेशबाट लामा सहित ९१ जनाको नाम सिफारिस

  • १२ पुष २०८०, बिहीबार ०९:४२

जिरी (दोलखा) । राष्ट्रियसभा निर्वाचनका लागि नेपाली कांग्रेस बागमती प्रदेशबाट ९१ जनाको नाम सिफारिस भएको छ ।

राष्ट्रियसभा निर्वाचनका लागि दोलखाका जिपछिरिङ लामा सहित ९१ जनाको नाम सिफारिस भएको हो । कलाकार नीर शाह, पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाल सहित १० जना केन्द्रीय सदस्य गरी ९१ जनाको नाम सिफारिस भएको वाग्मती कांग्रेस संसदीय बोर्डले जनाएको छ । केन्द्रीय सदस्यहरूमा जिपछिरिङ लामा, गणेश लामा, टेकबहादुर गुरुङ, दिलमान पाख्रिन, हरिशरण नेपाली, राधा घले, मदनबहादुर अमात्य, जितजंग बस्नेत, मदनकृष्ण श्रेष्ठ र गंगा अवाले रहेका छन् । यस्तै, प्रदेश पदाधिकारीबाट महामन्त्री राजु श्रेष्ठसहित सहमहामन्त्रीहरू जीवन डंगोल, चन्द्र महर्जन, हरिशरण श्रेष्ठ रहेका छन् । जिल्ला सभापतिहरूबाट काठमाडौं सभापति कृष्ण बानियाँ सवुज र मकवानपुर सभापति बुद्धरत्न लामाको नाम सिफारिस भएको छ ।

वाग्मती प्रदेशबाट चार सिटका लागि निर्वाचन हुँदै छ । सत्ता गठबन्धनले निर्णय नगर्दै केन्द्रले सिफारिसका लागि आग्रह गर्दा आकांक्षीहरूको संख्या धेरै भएको स्रोतले जनाएको छ ।