images
images

सत्ता गठबन्धन स्थानीय तहको निर्वाचन गर्न सकारात्मक, दोस्रो बैठकमा पुनः छलफल हुने

  • १५ माघ २०७८, शनिबार ०६:००

काठमाडौं । पाँच दलिय गठनबन्धनका नेताहरु स्थानीय तहको निर्वाचन गर्न सकारात्मक देखिएका छन् ।

स्थानीय तहको निर्वाचन आगामी वैशाखभित्रै गर्न दबाब बढिरहेका बेला सत्ता गठबन्धनको आज बसेको बैठकमा पनि संसदीय भन्दा पहिले नै स्थानीय तहको निर्वाचन गराउने विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा आज बसेको बैठकमा स्थानीय निर्वाचन गराउने विषयमा छलफल भएपनि कहिले गर्ने भन्ने टुंगो नलागेको नेताहरुले बताएका छन् ।

सो विषयमा छलफल गर्न आज अपरान्ह चार बजे पुनः बैठक बस्नेगरी बैठक सकिएको छ । स्थानीय तहको निर्वाचन मात्र नभई तीन वटै तहको निर्वाचन एकै पटक गर्ने विषयमा सत्तारुढ दलहरुबीच छलफल भइरहेको छ भने वैशाखभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने प्रमुख प्रतिपक्षि दल नेकपा एमालेको माग छ ।