images
images

बसको ठक्करबाट मोटरसाइकलमा सवार दोलखाकी महिलाको मृत्यु

  • १५ माघ २०७८, शनिबार १२:२०

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिकाकी एक महिलाको भक्तपुरमा बसको ठक्करबाट मृत्यु भएको छ ।

दुर्घटनामा परी गौरीशंकर गाउँपालिकाकी ४० वर्षिया गंगा बस्नेतको मृत्यु भएको हो । बनेपाबाट काठमाडौं तर्फ जाँदै बा ५ ख ३०२० नम्बरको बसले बा ७० प ९१३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बस्नेतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना लगत्तै प्रहरीले बस चालक काभ्रेपलाञ्चोकको बनेपाका रविन श्रेष्ठलाई पक्राउ गरेको छ ।